महिला तथा दलित लक्षित कानुनी प्रशिक्षण तथा गाेष्ठी कार्यक्रम सम्पन्न

दिपेन्द्र खत्री,अर्घाखाँची

जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नः८ अर्घाताेष मानीपाेखरा मा दुईदिने महिला तथा दलित लक्षित कानुनी प्रशिक्षण तथा गाेष्ठी कार्यक्रम अाज सम्पन्न भएकाे छ। दुईदिन वडा भित्रका महिला तथा दलित समुदायका महिला लाई लक्षित गरि ६० जना महिलाहरुलाई कानुनी प्रशिक्षण तालिम प्रदान गरिएकाे वडा सचिव पुस्पराज भण्डारीले जानकारी दिनु भयाे।

कार्यक्रम काे सहजिकरण गर्दै कार्यक्रम सहजकर्ता पुरुषबाट बिष्णु प्रसाद बराल, छत्रदेव गाउँपालिका वडा न. ८ का पुर्व वडा सचिव बालकृष्ण पाण्डे र महिला बाट छत्रदेव गाउँपालिका महिला तथा बालबालिका इकाई प्रमुख शारदा विकले नेपाली समाजमा हुने जातीय विभेद अन्त्य ,कानुन सम्बन्धी परामर्श ,महिला हिम्सा, महिला अधिकार, लैंगिक हिम्सा, घरेलु हिस्सा , मुलुकी देवानी संहिता ले गरेकाे व्यवस्था, मुलुकि अपराध संहिता सम्बन्धि जानकारी, जातिय विभेद अधिकार र कानुनी उपचार, महिला अधिकार, घरेलुु हिंसा सम्बन्धि जानकारी, देवानी तथा फैजदारी कार्यविधि लगायतका कुराहरु सबै समक्ष प्रष्ट पर्नु भएकाे थियाे ।

समाजमा भैरहने छुवाछुत, अन्तरजातीय विवाह, गरिबी, अशिक्षा, चेतनाको कमीका कारण दलित महिला अरुभन्दा बढी हिंसामा परिरहेको छत्रदेव गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनु भयाे । यसको अन्त्यका लागि यो कार्यक्रम आयोजना गरिएको उहाँले भन्नू भयाे । हाम्रै समाजमा नै दलितलाई विभेद हुने गरेको बताउँदै उहाँले महिला तथा दलित प्रशिक्षाथी लाई कानुनबारे सचेतना गराउनु भयाे ।

त्यस्तै कार्यक्रममा बाेल्दै छत्रदेव गाउँपालिका वडा न. ८ का वडा अध्यक्ष राजकुमार क्षेष्ठ ले तालिम बाट सिकेका कुरा लाई अाफ्नाे व्यक्ति गत व्यबहारमा र समाजमा समेत कार्यान्वयन गर्न अाग्रह गर्नुभयाे ।

वडा अध्यक्ष राजकुमार क्षेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा छत्रदेव गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालकाे प्रमुख अतिथि छत्रदेव गाउँपालिका न्यायीक समिति सदस्य तथा वडा नः५ वडा अध्यक्ष बालकृष्ण क्षेष्ठकाे बिशेष अतिथी,कार्यपालिका सदस्य शारदा खनाल केा स्वागत मन्तव्य रहेकाे कार्यक्रम काे संचालन वडा सचिव पुस्पराज भन्डारीले गर्नुभएकाे थियाे । जस कार्यक्रममा जनप्रतिनिधिहरु,राजनीति दलका प्रतिनिधि, कर्मचारी ,पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको