चार दशक पत्रकारिता गरेका अन्जान महासंध गुल्मीमा उपाध्यक्षका उम्मेदवार
-
- By : रामकृस्ण कंडेल
-
- समाचार

रामकृष्ण कँडेल,वामि
पत्रकार हरुकाे छाता सँगठन नेपाल पत्रकार महासँघकाे अासन्न निर्वाचनमा महासँघकाे गुल्मी शाखाबाटअग्रज पत्रकार कृष्ण अन्जान ज्ञवाली उपाध्यक्ष पदमा उम्मेदवार बन्नु भएकाे छ ।
२०४३ सालमा हिरण्यलाल श्रेष्ठ द्दारा सम्पादित प्रकाशित डेलि डायरी साप्ताहिककाे गुल्मी सँवाददाताकाे रुपमा पत्रकारिता शुरु गर्नु भएका ज्ञवाली निरन्तर ३५ वर्ष देखि व्यवसायीक पत्रकारितामा हुनुहुन्छ ।

छापा रेडियाे टेलिभिजन अनलाइन पत्रकारितामा दख्खल राख्ने ज्ञवाली यश अघि पाेखरा बुटवल परासि का रेडियाे स्टेसन पत्रपत्रिका का साथै एभिन्युज टेलिभिजन माउन्टेन टेलिभिजनकाे पाेखरा व्युराेमा काम गरिसक्नु भएकाे छ भने छापा तथा अनलाइन काे सम्पादक का साथै एक दर्जन भन्दा बढि रेडियाे स्टेशन हरुमा समाचार सम्पादन बाचन र कार्यक्रम सन्चालनकाे अनुभव गरिसक्नु भएकाे छ ।

पाेखराबाट पछिल्लो समय गुल्मी फर्केर पत्रकारिता शुरु गर्नु भएका ज्ञवाली यतिबेला रुरु रुद्रावति र गुल्मी एफ एममा कृयाशिल हुनुहुन्छ भने गुल्मीकै न्युज पाेर्टल युनिक खवर डट कमकाे कार्यकारी सम्पादक र दर्जन भन्दा बढि क्षेत्रिय राष्ट्रिय सन्चार माध्यममा कृयाशिल हुनुहुन्छ ।

सधे पत्रकारिताकाे व्यवसायीकता तर्फ अाफ्नाे तर्क राख्दै अाउनु भएका कृष्ण अन्जान ज्ञवाली पत्रकार महासँघ लाई सबै पत्रकार अट्न सक्ने साझा थलाे बनाउनु पर्ने पक्षमा हुनुहुन्छ ।शसस्त्र द्वन्दमा बाबू गुमाउनु भएका कृष्ण अन्जान ज्ञवाली द्वन्द्व पिडित पत्रकार समेत हुनुहुन्छ ।
कारिब ४ दशक पत्रकारितामा कृयाशिल पत्रकार कृष्ण अन्जान ज्ञवाली शालिन र अनुशासित पत्रकारिताकाे पक्षमा बिना अाग्रह पुर्वाग्रह अाफ्नाे मतधिकारकाे प्रयाेग गर्न गुल्मेली पत्रकार हरुलाइ अाग्रह गर्नु हुन्छ ।