गुल्मीको वामीटक्सारमा गर्भवतीहरू लाई कोशेली बितरण

रामकृस्ण कंडेल वामीटक्सार

गुल्मीको वामीटक्सारमा आज मुसिकोट नगरपालिका ७ र ८ का गर्भवतीहरू लाई कोशेली बितरण गरिएको छ।मुसिकोट नगरपालिकाको ‘गर्भवती हरू संग उपप्रमुख कार्यक्रम’अन्तर्गत १०जना महिलाहरूको लागि आज कोशेली बितरण गरिएको हो।मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ का गर्भवती महिलाहरु लाई वामीटक्सार चौकीमा उपस्थितीको लागि आमन्त्रण गरिएको थियो।

गर्भवती महिलाको लागि मुसिकोट नगरपालिकाको तर्फबाट कोसेली वितरण पश्चात उक्त कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्माले आफ्नो नगरपालिकाभित्र रहेका गर्भवती महिलाहरूको जीवनरक्षाको लागि विभिन्न कार्यक्रमहरु ल्याइएको बताउनुभयो।प्रमुख अतिथि उपप्रमुख शर्माले गर्भावस्था जटिल अवस्था भएकोले यस समस्याबाट आफ्नो नगरभित्रका गर्भवती आमाहरुलाई सुरक्षित बनाउनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपप्रमुख शर्माले गर्भवती आमाहरु लाई गर्भावस्थामा तथा नवजात शिशुको भविष्यको समेत ध्यान राखी मुसिको नगरपालिकाले गर्भवती सँग उपप्रमुख कार्यक्रम ल्याइएको बताउनुभयो।नगरभित्रका प्रत्येक वडामा रहेका गर्भवती आमाहरूको स्वास्थ्य परीक्षण,कोसेली वितरण लगायतका कार्यक्रमहरु अगाडि बढाइएको जानकारी दिदै शर्माले स्वस्थ आमा स्वस्थ बच्चा समृद्ध परिवार भन्ने मुल मन्त्रका साथ आफूहरुले नगरभित्र यस महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नगर उपप्रमुख शर्माले मुसिकोट नगरपालिकाको यस कार्यक्रम जिल्लाका अन्य कार्यपालिका हरुले समेत अनुसरण गरेको जानकारी दिनुभयो। आफूहरुले धेरै गर्न नसकेपनि यो महत्वपूर्ण कार्यले थुप्रै गर्भवती आमाहरूको मन जित्न सकेको शर्माले मन्तव्यको क्रममा आफ्नो धारणा व्यक्त गर्नुभयो।

आज स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुसिकोट नगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रकाश काफ्लेले नगरभित्र गर्भवती आमाहरु र नवजात शिशुको स्वास्थ्य लाई ध्यानमा राखी आफुहरुले यस महत्वपूर्ण कार्यक्रम ल्याएको भन्दै यस कार्यक्रमको निरन्तरता प्रति प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा काफ्लेले आमा बन्नु भनेको अत्यन्तै ठूलो जिम्मेवारी पुरा गर्नु हो भन्दै सबै गर्भवती आमाहरुलाई स्वस्थ शिशु जन्माउनको लागि बिशेष आग्रह गर्नुभयो।पौस्टिक खाना,नियमित ब्यायम,सरसफाई लगायतमा ध्यान पुर्याऊन सकेमा स्वस्थ हुन सकिने तर्क पेश गर्दै काफ्लेले सबै गर्भवती आमा हरू लाई बधाई ब्यक्त गर्नुभयो।कार्यक्रममा काफ्लेले भन्नुभयो’स्वस्थ शिशु जन्माउन सक्नु भयो भने त्यसले आफू,आफ्नो परिवार र राष्ट्रको लागिनै टेवा पुग्छ’

‘हामीहरुले सानो भएपनि हाम्रो नगरभित्र रचनात्मक काम सुरु गरेका छौं ,विषेश गरेर गर्भवती महिलाहरूको लागि लक्षित गरेर गर्भवती सँग उपप्रमुख कार्यक्रम ल्याएका छौं यसलाई सफल बनाउनको लागि तपाईहरु सबैको सहयोग आवश्यक छ’काफ्ले सम्बोधनको क्रममा भन्नु भयो।काफ्लेले कार्यक्रममा गर्भवती सँग उपप्रमुख कार्यक्रम आगामी वर्ष थप परिमार्जित गरी ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

आजको कार्यक्रममा वामीटक्सार स्वास्थ्यचौकीका उपाध्यक्ष गोपीकृष्ण खरेल,सदस्य तथा कॉग्रेस नगरसभापति शुदर्सन शाक्य,मुसिकोट नगरपालिका कार्यपालिका सदस्य रेणुभारी प्रधान,मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डि बि जि सी,संचारकर्मीहरु क्रमशः युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल, रेडियो पुस्पान्जलीका समाचार प्रमुख सागर भण्डारी,गोविन्द कंडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।

वामी टक्सार स्वास्थ्यचौकीका सम्पूर्ण कर्मचारीहरु,मुसिकोट नगरपालिका वडानम्बर ७ र ८ मा क्रियाशिल महिला स्वयंसेबिकाहरू र वडानम्बर ७ र ८ मा रहनु भएका नौ महिना लागिरहेका गर्भवती आमा हरु लगायतको उपस्थिति रहेको थियो।

मुसिकोट नगरपालिकाले गर्भवति संग उपप्रमुख कार्यक्रम अन्तर्गत ९ महिना लागेका गर्भवती महिलाहरूको लागि कोसेली वितरण गर्दै आएको छ ।यस कार्यक्रमअन्तर्गत हरेक गर्भवती आमाहरूले आधा केजी घिउ,३० वटा अण्डा,१ के जी आयो नुन तथा गर्भवस्थामा ध्यानदिनुपर्ने अध्ययन सामग्रीहरु वितरण गर्दै आएको छ ।

कार्यक्रममा उपस्थित महिला स्वयंसेविकाहरुको तर्फबाट वडानम्बर ७ शेरा निवासी कमला खरालले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा यस कार्यक्रमको निरन्तरताको कामना गर्नुभयो ।

खरालले महिला स्वयंसेविकाहरु लाइ राज्यको तर्फबाट थप सहयोग गर्न समेत माग गर्नुभयो।उहाँले भन्नुभयो महिला स्वयंसेविका हरूको ५० बर्षको उमेर हद हटाएर केही बढाउनुपर्ने माग गर्नुभयो।हामीहरु राज्यको लागि केही योगदान गर्न चाहन्छौं तर ५० बर्षको उमेर हदका कारणले हामीहरु लाई अयोग्य घोषणा नगरियोस्।

मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा वामीटक्सार स्वास्थ्यचौकीको आयोजनामा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्माको प्रमुख आथित्यता,डि बी जि सी को स्वागत मन्तव्य,स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता तथा वामीटक्सार स्वास्थ्य चौकीका प्रमुख त्रिविक्रम केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको