आलु लगाउने तयारीमा याढुँगका किसान रैथाने जातलाई प्राथमिकता

कृष्ण अन्जान✍️

गुल्मीकाे पुर्विभेगमा याढुँगकाे आलु लाेकप्रिय छ । यतिवेला याढुँगका फाँटहरुमा धान काट्ने थन्काउने काम शुरु भएकाे छ र कार्तिककाे अन्तिम तिर खेत र बारिमा डमक्कै आलु लगाउने तयारी याढुँग वासिले गरेका छन ।

साविक ग्वादि गाउँ विकास समितिकाे वडा ५ र पछिल्लो पटक रुरुक्षेत्रकाे वडा न २ ग्वादीकाे कालिगण्डकिकाे तटिय क्षेत्रमा रहेकाे याढुँग गाउँले सताव्दियाैँ देखि आलु खेतिका लागि प्रसिद्ध छ ।

पहिले स्थानीय जातकाे सेताे आलु लगाउने र अन्न सँग आलु साट्ने गरेकाे याढुँगका पुराना आलु कृषक डिल बहादुर कुँवरले जानकारी दिनु भयाे ।

थाेर्गा भट्कुवा ग्वादि सँगै स्याँगजाकाे कारिकाेट किपट पाल्पाकाे कुसेनि लगाएतका क्षेत्रबाट यहाँ अन्न बाेकेर आलु सँग साट्न अाउने गरेकाे सम्झना गर्नु हुन्छ किसान डिल बहादुर कुँवर ।

समयकाे माग सँगै यसक्षेत्रका किसान हरु परम्परागत कृषि प्रणाली बाट व्यवसायीक आलु खेति तर्फ माेडिए । खेतबारीमा रैथाने आलुको बीउ प्रयाेग गर्दै आएका याढुँगका किसान हरुले उन्नत जातका आलुका विउहरु लागाउन थालेपछि आलु  उत्पादन बढेकाे याढुँगका युवा किसान रामु कुँवरले बताउनु भयाे ।

यतिबेला याढुँग गाउँका किसानकाे बारी साेँठे र लाेर्के राताे जातकाे आलुले छपक्कै ढाकेकाे छ ।

करिव असि घरधुरी रहेकाे याे गाउँमा सबैले आलुकोआलु खेति गर्छन र वार्षिक ७० देकी ८० लाख सम्मकाे आलु विक्रि हुने गरेकाे किसान रामु कुँवरले जानकारी दिनु भयाे ।

त्यसाे त गतवर्ष स्थानिय तहले किसानलाई आलु खेतिकाे प्राविधिक तालिम सहित टिपिएस जातकाे आलुको बीउ वितरण गरेपनि उक्त बीउ काे उत्पादन याढुँग गाउँमा न्यून भएकाे र सफल नभएकाे किसानहरुकाे भनाइ छ ।

लाेर्के राताे र साेँठा जातकाे आलु एक राेपनिमा १५ देखि २० क्विन्टल फल्ने गरेकाे तर सरकारले व्यवस्थापन गरेकाे टिपिएस जातकाे आलु राेपनीमा मात्र १ देखि २ क्विन्टल फलेपछि आलुको बीउ परिवर्तन गर्नु परेकाे कृषक हुम बहादुर कुवँर छ ।

मुख्यतया बीउ र मल यसक्षेत्रका आलु किसान का लागि उपलब्धताकाे समस्या रहेकाे र लकडाउनकाे समयमा मल ४ हजार रुपैया क्विन्टल सम्म किन्न किसान बाध्य भएकाे याढुँगका आलु किसानले बताए ।

कालिगण्डकी करिडाेरकाे रिडी रुद्रवेणि सडक खण्डकाे नजिकै पर्ने याडुँग क्षेत्र आलु उत्पादनकाे पकेट क्षेत्रकाे रुपमा विकास हुँदै छ भने स्थानिय स्वाद पस्कने गरि याढुग बासि हरुले हाेमस्टे सन्चालनकाे तयारी समेत शुरु गरेकाे रुरुबाट कृष्ण अन्जानले समाचार पठाउनु भएकाे छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।