दुर्घटनामा श्रीमानको ज्यान गयो: गर्भवती श्रीमती घाइते, पेटको बच्चा समेत जिउँदो रहेनन्

स्याङ्जा, भाद्र १६

 ६ बर्षको छोरा काठमाडौ छाडेर गर्भवती रहेकी श्रीमतीलाई एम्बुलेन्स साहार लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैरे (कृष्ण) ले आफ्नी श्रीमतीको गर्भमा भएको सन्तानको मुख हर्न नपाई देहावसन हुन पुगे ।

बिश्वभर फैलिएको कोरोना संक्रमणले काठमाडौ भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने पारिवारिक सल्लाह बमोजिम उनले गर्भवती श्रीमतीलाई लिएर एम्बुलेन्सको सहयोगमा घर आउँदै गर्दा दुर्घटनामा परे । वालिङ् ५ मझकोट आइतवार विहान बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा गैरे सहित दुई जनाको निधन र दुई जना घाइते भएका थिए ।

शनिवार विरामी लिएर काठमाडौ गएको एम्बुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घटनामा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ । एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती पवित्रा पोख्रेल घाइते भएका छन् । उनिहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान् त गुमाईन नै आफ्नो पेटमा रहेको बचालाई पनि यो संसार देखाउन सकिनन् ।

चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाका अनुसार घाइते पवित्राको पेटमा भएको भच्चा दुर्घटनाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको बताए । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । पहिरोले साँघुरो सडक र लामो दुरीको यात्रा हुँदा दुर्घटना भएको अनुमान प्रहरीको छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको