हस्ताक्षरले व्यक्तिको जीवनमा कसरी प्रभाव पार्दछ ?

  • By : रामकृस्ण कंडेल
  • रोचक

                           हस्ताक्षर एउटा अवचेतन मनको प्रतिबिम्ब हो।यो सम्पूर्ण रूपमा व्यक्तिको उपस्थिति हो। त्यसैले पश्चिमी लोकतान्त्रिक  देशहरूमा हस्ताक्षर सङ्कलन अभियान गरी यसलाई शान्तिपूर्ण आन्दोलनको प्रयोगको रूपमा पनि अभ्यास गर्न थालिएको छ।।त्यसैले व्यक्तिले गरिएको हस्ताक्षरको माध्यमबाट महत्त्वपूर्ण दस्ताबेजमा कानुन सम्मत वैधता प्रदान गर्न,आफ्नो सहमति तथा स्वीकृति प्रदान गर्न यो नै एक अस्त्रको रूपमा प्रयोग गरिँदै आएको छ।यसबाट पनि बुझ्न सकिन् कि हस्ताक्षरमा कति शक्ति हुन्छ भनेर।यति गहनताको साथ प्रयोग हुँदै आएको आफ्नो नामको हस्ताक्षर प्रति हामी  कतिको सचेत एवं सजग छौ त? यो सोचनीय विषय हो।

मानिस विभिन्न माध्यमबाट समाजमा व्यक्त भए झैँ यो प्रकारको माध्यम बाट पनि व्यक्त भएको हुन्छ। मानिस आफ्नो बोली व्यवहार ,चालचलनले समाजमा हरपल व्यक्त भइरहेको हुन्छ।मानिस आफूलाई विविध माध्यम बाट व्यक्त हुने भएर नै उसलाई व्यक्ति भनिन्छ।त्यस्तै हस्ताक्षरको माध्यम बाट पनि उ समाजमा सम्पूर्ण रूपमा व्यक्त भएको हुन्छ।यो मानिसको आन्तरिक भावको प्रतिबिम्ब हो।अवचेतन मनको प्रतिबिम्ब नै हो।व्यक्तिले आफूले आफूलाई कस्तो रूपमा महसुस गर्दछ भन्ने कुरा हो।

व्यक्तिको बिचार भावना ,ज्ञान अनुभवको साथ अरू समक्ष प्रस्तुत हुँदा आफूलाई कस्तो महसुस गर्दछ भन्ने अभिव्यक्ति हो।मानिसको यी सम्पूर्ण मनोविज्ञानको बारेमा अध्ययन गर्ने विज्ञानलाई अङ्ग्रेजीमा ग्राफोलोजी भनिन्छ। हस्त लेख र हस्ताक्षर बारे अध्ययन गरिने यो शास्त्रको हस्ताक्षर एक शाखा हो।भनिन्छ कि सन १८७५ मा फ्रान्सका मठाधिश जीन हाइपोलेट माइकन ले नै "ग्राफोलोजी" को अर्थात् हस्तलेखन विज्ञानको रचना गरेका हुन।`ग्राफोलोजी´ शब्द ग्रीक को ग्राफ बाट लिएको हो।जसको अर्थ हुन्छ,"म लेखौँ" र लोगोस को अर्थ हुन्छ "मत" या सिद्धान्त"।

ग्राफोलोजिमा हस्ताक्षर एक हाँगाको रूपमा लिन सकिन्छ।हाल हस्ताक्षर विज्ञान मनोविज्ञानको महत्त्वपूर्ण शाखा बनेको छ।जुन मनोविज्ञानको प्रत्येक तर्कको कसौटीमा खरो रूपमा उत्रिएर जसको माध्यम बाट हामी हस्ताक्षर कर्ताको स्वभाव बारे भलिभाँती परिचित हुन सक्दछौ।

हस्ताक्षरले सम्पूर्ण रूपमा व्यक्तिको हालको मनस्थितिको परिभाषित गर्दछ।यो एक प्रकारको कम्पनीको "लोगो" जस्तै हो। हस्ताक्षर बाट व्यक्तिको जीवन दिशा,बिचार धारा,नेतृत्व क्षमता ,आत्मविश्वास,निर्णय शीलता,आत्मसम्मान,सामाजिक एव पारिवारिक सम्बन्ध लगायत धेरै पक्ष बारे दर्साइ रहेको हुन्छ।यसको प्रयोग आधुनिक जमनामा पश्चिमी देशमा बढी गर्ने गरिएको पाइन्छ।जर्मनका प्रोफेसर डा.विलियम टि प्रायर(१८४१-१८९५) ले यश सम्बन्धी विशेष अनुसन्धान गरे र यसलाई स्वतन्त्र विज्ञान को रूपमा स्थापित गरे।
परीक्षणको दौरानमा यो पाइयो कि मानव हात निष्क्रिय छ,यसमा सम्पूर्ण सक्रियता केवल मानिसको मस्तिष्कको हुने गर्दछ।हातले र खाली खेतमा खेतालाले आज्ञा पालन गरे झैँ गरिरहेको हुन्छ।जुन क्षण विशेषमा जस्तो प्रकारको मनोभाव हुने गर्दछ,उसको लेखाइ पनि त्यस्तै हुने गर्दछ।तदनुसार यो परिवर्तनशील छ।क्रोधको अवस्थामा लेखिएको हस्ताक्षर र प्रसन्नता को अवस्थामा गरिएको हस्ताक्षर फरक हुन्छ।

प्रोफेसर विलियम प्रायरको सदप्रयत्नको फलस्वरूप फ्रान्स,जर्मनी,इटली,स्विट्जरल्याण्ड आदि देशमा यस प्रति रुचि बढ्दै गई यस प्रति गम्भीर सोध एव अनुसन्धान गर्न थालिएको छ।

दोस्रो बिस्वयुद्दमा पस्चात जर्मनी मा यो अनुभव गरे कि कामको सफलता ,योग्य एव कार्यमा कुशल कर्मचारीमा नै निर्भर हुन्छ र योग्य कर्मचारी को चुनाव केवल हस्ताक्षर विज्ञान द्वारा नै सम्भव हुन्छ,अर्को कुनै उपाय छैन।अतः जर्मनीमा कर्मचारी छनौट गर्ने समय हातले लेखेको निवेदन  लिने विधि अपनाइयो र यस प्रकार व्यक्तिको लेखा वट हेरेर जुन प्रकारले छनौट विधि अपनाइयो,त्यो  अन्य विधि भन्दा ९६ प्रतिशत ठिक पाइयो।दोस्रो विश्वयुद्ध पछि नव निर्माणमा जर्मनीको सर्वतोमुखी उन्नति को मूल रहस्य यसमा छिपेको छ।खुसीको कुरा यो छ कि हाल यो विज्ञानको विषयमा विश्वको लगभग सबैजसो देशमा लोकप्रिय हुँदै गएर नयाँ नयाँ अनुसन्धान एव परीक्षण भइरहेको छ।

आजभोलि कम्पनीहरुले "लोगो" डिजाइन मा निकै ठुलो धनराशि खर्चिने गरेका छन्।यसको पछाडि कम्पनी को पहिचान एवं ब्रान्डिङ प्रतिको  गहन चिन्तन हुन्छ।लोगो निर्माण प्रक्रियामा कम्पनीको नाम सँगै कम्पनीको प्रकृति, लक्ष्य एवं  उद्देश्य लाई आधारमा रहेर लोगो निर्माण गरिन्छ।कम्पनी पनि कानुन को नजरमा  एक अमूर्त व्यक्ति नै मानिन्छ।

त्यस्तै मानिसको हस्ताक्षर मा भएको स-साना रेखा अक्षरहरू आकार एवं बनावट थोप्लाले व्यक्तिको विभिन्न मानसिक अवस्थाको सङ्केत दर्साइरहेको हुन्छ।त्यसैले व्यक्तिको व्यक्तित्व झल्काउन उसको पोसाक ,बोली चाली,व्यवहार झैँ आन्तरिक व्यक्तित्व झल्काउन र प्रस्तुत गर्न मानिसको हस्ताक्षरले भूमिका खेलिरहेको हुन्छ।त्यसैले आफ्नो राम्रो इमेज निर्माण गर्न हस्ताक्षर लाई अध्ययन गराएर आवश्यक संशोधन गराउन पर्दछ।मान्छेको नेचर(प्रकृति) को साइन(सङ्केत) नै सिग्नेचर हो।त्यसैले माइन्ड परिवर्तन गर्दा साइनमा बदलाव हुने गर्दछ।यसको प्रभाव पार्नको लागि संशोधित हस्ताक्षर कम्तीमा  २१ दिन अभ्यास गर्नु पर्ने हुन्छ।र तदनुसार आफ्नो हस्ताक्षर औपचारिक रूपमा उपयोगमा ल्याउन सकिन्छ।

प्रभावशाली व्यक्तित्व को लागि हस्ताक्षरमा निम्न पक्षहरू अपनाउनु होस।

१.हस्ताक्षर गर्दा सधैँ ४५ डिग्री मा गर्ने गर्नुहोस्।

२. हस्ताक्षरको पहिलो अक्षर ठुलो बनाउनुहोस्।

३.हस्ताक्षरमा केरमेट नगर्नुहोस्।

४.हस्ताक्षर गर्दा नाम बाट सुरु गर्नुहोस्।

५.हस्ताक्षरमा एकभन्दा बढी डट छ भने हटाउनुस् होस।

७.हस्ताक्षर गरिसके पछि समाप्तिमा तल दुई लाइन गर्नु हुँदैन।आदि।

यी कुराहरू अपनाएर हस्ताक्षरमा बदलाव गर्दा बिस्तारै सोच बिचारमा परिवर्तन हुँदै जान्छ।

उमेश के.शी. ,हस्ताक्षर बिश्लेषक


Related Post
डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

दुई घन्टा हिँड्नुपथ्र्यो, स्कुल पुग्न । त्यसैले उसलाई मैले भाडा लिइदिएरै राखिदिएँ, भतिजसँगै,’ बाबुरामको पढाइबारे उनले भने, ‘दसैँमा दुई महिना बिदामा घर आउँदा पनि ऊ वस्तुभाउ चराउने वेला किताब सँगै लान्थ्यो, पढिरहन्थ्यो ।

किताब पढ्नुको फाइदा

किताब पढ्नुको फाइदा

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !