खेलमय बन्याे गुल्मीको पवित्र रिडीधाम

कृष्ण अन्जान

रुरुक्षेत्र गाउँपालिकाले अायाेजना गरेकाे राष्ट्रपति रनिँग शिल्ड प्रतियोगिताकाे तेस्राे श्रृँखलाकाे उदघाटन सँगै पवित्र रिडीधाम खेलमय बनेकाे छ ।

रिडीधाममा रहेकाे रुरुखेल मैदानमा अायाेजित भव्य समारोह बिच रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले स्थानिय तहकाे शिक्षा तथा खेलकुद विभागले अायाेजना गरेकाे राष्ट्रपति रनिँग शिल्ड प्रतियोगिताकाे तेस्रो श्रृँखलाकाे उदघाटन गर्नु भएकाे हाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष गौतमले खेलकाे माध्यम बाट गाउँपालिकालाइ पहिचान बनाउने उद्देश्य ले गाउँपालिकाले याे प्रतियोगिताकाे अायाेजना गरिएकाे बताउनु भयाे ।खेलमा प्रतिष्पर्धा त हुन्छनै सँगै अनुशासित खेल खेल्दै अाफ्नाे प्रतिभा प्रष्फुटन गर्न खेलाडि हरुलाइ अाग्रह गर्नु भयाे ।

कार्यक्रममा शुभकामना मन्त्व्य राख्दै रुरुक्षेत्र गाउँ पालिकाका उप प्रमुख लक्ष्मी देवि पन्तले खेलकुदमा गतिशीलता र अनुशासन अावस्यक भएकाे बताउनु हुँदै राष्ट्रिय पहिचान स्थापित गर्ने खेलाडि उत्पादन गर्न प्रतियाेगिता सफल हाेस भन्ने शुभकामना दिनु भयाे ।

खेलकुद प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै रुरुक्षेत्र गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत चेतनाथ गिरीले खेल व्यक्तित्व विकास सँगै प्रतिभा प्रष्फुटन गराउने माध्यम भएकाले खेलाडि हरु अनुशासित बन्नु पर्नेमा जाेड दिनु भयाे ।

रुरुक्षेत्र गाउँपालिका सामाजिक शाखा प्रमुख समेत रहनु भएका वडा न ३ का अध्यक्ष शेषनारायण पौडेलले खेलकुदकाे पहिलाे लक्ष अनुशासन सिकाउने काम भएकाले गाउँपालिकाले खेलकुदलाइ महत्त्व दिएकाे बताउनु भयाे ।

चैत्र सात गते सम्म चल्ने राष्ट्रपती रनिँग सिल्ड प्रतियोगिता काे उदघाटन सत्रकाे अध्यक्षता सामाजिक शाखा प्रमुख शेषनारायण पौडेलले गर्नुभएकाे थियाे भने कार्यक्रममा रिडी माध्यमिक विध्यालयका प्राधानाध्यपक राेहित भण्डारी वडा न ४ का वडाध्यक्ष फर्सुराम ज्ञवालीले अाफ्ना धारणा राख्नु भएकाे थियाे भने कार्यक्रमकाे सन्चालन रुरुक्षेत्र गाउँपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारीले गर्नु भएकाे थियाे ।

खेलकुदका एघार इभेन्ट सन्चालन हुने प्रतियाेगितामा भलिवल बाहेक अन्य खेलमा छात्र र छात्राकाे प्रतिष्पर्धा हुने भएकाे छ।

गाउँपालिका भित्रका अाठवटा माध्यमिक विध्यालयलाइ अनिवार्य रुपमा सहभागिता गराइएकाे र अन्य विध्यालयले ऐच्छिक रुपमा प्रतियोगितामा सहभागिता जनाएका छन ।सप्तचण्डी महिला समुह र रुरु फ्रेण्डस क्लवले अगुवाइमा निर्माण गरिएकाे रुरुखेल मैदानमा राष्ट्रपति शिल्ड दाेस्राेपटक अायाेजना गरिएकाे छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।