गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजले बृहत होली मिलन कार्यक्रम आयोजना गर्ने
-
- By : रामकृस्ण कंडेल
-
- समाज

रामकृष्ण कंडेल,वामीटक्सार,गुल्मी
कुर्घा-रुपन्देही सम्पर्क समाज ले होली मिलन कार्यक्रम आयोजना गरेको छ।चैत्र १५ गते आइतबार मालिका कटेज एन्ड रेस्टुरेन्ट,बेलबासमा विहान ११ बजेदेखि होली मिलन कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष तेजनारायण अर्यालले युनिक खबर डटकम लाई जानकारी दिनुभएको छ।

’गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाज को सार, सद्भाव र एकताको आधार’भन्ने मूल नाराका साथ आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको यस संस्थाले समय समयमा यस प्रकारका महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्दै आएको देखिन्छ।

संस्थाका अध्यक्ष तेजनारायण अर्यालका अनुसार गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजले पहिलो पटक होली मिलन कार्यक्रम आयोजना गरिएकोले यस संस्थासँग सम्बन्धित सम्पूर्ण बुबाआमा दाजुभाइ दिदीबहिनीहरु लाई उल्लेखित समय र स्थानमा अनिवार्य उपस्थितीको लागि विनम्र अनुरोध गर्नुभएको छ।सबै महानुभाबहरुलाई पाएक पर्ने गरी बिहान ११ बजे बुटवल १२ बेलबासमा कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा शुभकामना आदानप्रदान लगायत संस्थासँग सम्बन्धित महत्वपूर्ण विषयहरुमा निर्णयहरु समेत गरिने अध्यक्ष अर्यालले जानकारी दिनुभयो।

संस्थाको तर्फबाट विभिन्न समयमा बृहत बनभोज कार्यक्रम,सहयोगदाता सम्मान,रक्तदान,सहयोग बितरण लगायतका महत्वपूर्ण कार्यक्रम आयोजना गरी गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजले आफ्नो नाम विश्वसामू चिनाउन सफल भएको छ।गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घामा जन्मी हुर्की त्यहाँबाट बसाइसराई गरी रुपन्देही जिल्लाका विभिन्न स्थानहरूमा बसोबास गर्दै आउनुभएका कुर्घेलीहरूको लोकप्रिय संस्था गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाज मानव सेवा मार्फत आफ्नो नाम बिश्वसामु चिनाउन सफल भएको देखिन्छ।