गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा सम्पन्न

भुबन भुसाल

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहल गौडाकोटमा आयोजित औपचारिक कार्यक्रमका बिच यो चौमासिकमा गाउँपालिका बाट सम्पन्न कामको समिक्षा गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारी , प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डे, सबै वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु , राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गाउपालिकाले यो चौमासिकमा गरेका कामको बारेमा जानकारी गराउदै प्रशासकिय अधिकृत पाण्डेले ४०.४१ प्रतिशत चालू तर्फको बजेट खर्च , २१. ४० प्रतिशत पुजिगत बजेट खर्च भैसकेको जानकारी दिनुभयो । वहाले यो बर्ष गत बर्षभन्दा यो बर्ष बजेट समयमै खर्च भएको जानकारी गराउनुभयो ।

गाउपालिकाले कार्यसम्पादन सम्झौता गरेको , सम्झौता बमोजिम काम भएको वा नभएको मुल्यांकन , मासिक इ बुलेटिन प्रकाशन गर्ने नेपालकै पहिलो स्थानिय तह बनेको , गाउपालिकाको लोगो सार्वजनिक , सुचनाको हकको प्रत्याभूत गराउन सुचनाको हतको प्रकाशन , भुमी बैंक स्थापना गरेको , नागरिक सहायता कक्ष स्थापना, नागरिक सहायता पुस्तिका निर्माण , शाखा प्रमुखलाइ स्थायी फोन नम्बरको ब्यवस्था, सबैतर्फ विद्युतिय हाजिरी , सेवा प्रवाहमा नागरिकको सजिलोको लागि पावर ब्याकअपको ब्यवस्था , अनलाइन राजस्व संकलनकालागी आगामी बैशाख २ गते देखि संचालन हुनेगरी सफ्टवेयरको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा जानकारी राख्दै पाण्डेले स्वास्थको क्षेत्रमा गाउपालिकाले कस्तो छ आमा ? कार्यक्रम संचालन गरेको , कृषिको क्षेत्रमा कृषक सङ्ग कृषि प्राबिधिक कार्यक्रम संचालन , उपभोक्ताको सजिलोको लागि वडामै पुगेर समिती सङ्ग सम्झौता गर्ने कामको थालनी गरिएको र उपभोक्ता समितिको सजिलोको लागि योजना सम्बन्धि खाका र कागजात सम्मीलित पुस्तिका बितरण गरिएको जानकारी गराउनु भयो ।

अधिकृत पान्डेले घुम्ती शिबिर मार्फत अपांग परिचयपत्र बितरण गरिएको जानकारी समेत गराउनु भयो । गुल्मीदरबार गाउपालिकाले यहि चौमासिक देखि सन्चारकर्मीलाई सुचना लिन सजिलोका लागि सामाजिक सन्जाल मार्फत आवश्यक सुचना दिने कामको थालनी समेत गरेको छ ।

पाठ्यपुस्तकमा हाम्रो गुल्मीदरबार गाउँपालिका बिषय सहभागी गर्ने , बिपद उद्दार सामाग्री जोहो , जनता सङ्ग गाउपालिका नामक रेडियो कार्यक्रम प्रशारण , स्थानिय तह स्व मुल्यांकन गर्दा समग्र मुल्यांकनमा ६०.५० भन्दा बढी अन्क प्राप्त गरि लुम्बिनी प्रदेशकै पहिलो स्थानीय तह र नेपालमै २३ औं गाउँपालिका समेत बनेको छ ।

प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख टंक पन्थी सामाजिक बिकास शाखा प्रमुख नवराज घिमिरे, स्वास्थ्य शाखा प्रमुख नारायण अर्याल लगायत सबै शाखा प्रमुख र सबै वडाका सचिबहरुले आफ्नो आफ्नो कार्य प्रगती प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुतीकरण कार्यक्रमपछि उपस्तिथ राजनैतिक दलका नेता, पत्रकार एवं सहभागिले आफ्ना बिचार ब्यक्त गर्नुभएको थियो ।नेकपा एमालेका जिल्ला कमिटी सदस्य कृष्ण प्रसाद खनालले कार्यक्रममा बोल्दै हाल सम्म गुल्मीदरबार गाउँपालिकाले गरेका काम प्रसम्सा योग्य नै रहेको बताउनु भयो । नेता खनालले जनप्रतिनिधि सधै सबैको साझा र कर्मचारी योग्य हुदा प्रसम्सा योग्य काम गर्न सकिने बताउनुभयो ।

नेपाली काङ्ग्रेस गुल्मीदरबार गाउँपालिकाका सचिब राम बहादुर थापाले गुल्मीदरबार गाउँपालिकाले गरेका कामले स्थानीयहरु खुसी रहेको भन्दै गाउँपालिकालाइ धन्यवाद दिनुभयो ।

नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य मनिराम ज्ञवालिले गाउँपालिकाले कुमाल जातिको उत्थानका निम्ति अझै धेरै काम गर्नुपर्ने सुझाब दिनुभयो । नेपाल पत्रकार महासंघ गुल्मीका नि वर्तमान अध्यक्ष नवराज भुसालले आजकाल गुल्मीदरबार गाउँपालिकाको नाम देशैभर सुनिन लागेको भन्दै कामको प्रसम्सा गर्नुभयो ।

उपस्थितको गुनासो पछि उठेका बिषयमा प्रशासकीय अधिकृत पाण्डेले गाउँपालिकाको तर्फबाट थप प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख टंक पन्थीले गर्नुभएको थियो ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको