लोक कथा:कड्काल

✒गाउँघरमा एउटा लोक कथा प्रचलित छ | झट्ट सुन्दा विनोदपूर्ण पनि छ |

साँझपख ससुराली पुगे | बाहिर खाटमा थचक्क बसे | ससुरा बाहिर निस्के |

ससुरा : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्याईं चाहीं को पर्नु भो कुन्नि ?!

कड्काल अघि सर्छ |

कड्काल : ज्वाईं चाहीं वहाँ नै हो | टोपी चाहीं मेरो ज्वाईं लाजले भुतुक्क हुन्छ र साथीलाई चिमोट्छ ससुरा ज्वाईं जिउढोग गर्छन् |

एकै छिन पछि साथीलाई साउती गर्दै

ज्वाईं : टोपी चाहीं मेरो न भन् न |

कड्काल : हुन्छ, आईन्दा भन्दिन |

सासु बाहिर निस्किन्छिन् |

सासु : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्याईं चाहीं को पर्नु भो कुन्नि ?!

कड्काल : ज्वाईं चाहीं वहाँ नै हो | टोपी पनि वहाँकै हो |

ज्वाईं लाजले भुतुक्क हुन्छ र साथीलाई चिमोट्छ |

ज्वाईं सासु ढोगभेट हुन्छ |

एकैछिन पछि |

ज्वाईं : टोपीको चाहीं कुरै न उठा न | तैंले त बेइज्जत गर्नु गरिस यार !

कड्काल : हुन्छ, हुन्छ | धन्दै न मान | अब उप्रान्त त्यस बारे कुरै उठाइन्न |

एकै छिन पछि जेठान प्रवेश गर्छन् |

जेठान : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्याईं चाहीं को पर्नु भो कुन्नि ?!

कड्काल अघि सर्छ |

कड्काल : ज्वाईं चाहीं वहाँ नै हो | टोपीको चाहीं कुरै न गरौँ |

ज्वाईं रातोपिरो हुन्छ |

मतियार राम्रो भएन भने धोति खुस्काई दिन्छ |

Related Post
डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

दुई घन्टा हिँड्नुपथ्र्यो, स्कुल पुग्न । त्यसैले उसलाई मैले भाडा लिइदिएरै राखिदिएँ, भतिजसँगै,’ बाबुरामको पढाइबारे उनले भने, ‘दसैँमा दुई महिना बिदामा घर आउँदा पनि ऊ वस्तुभाउ चराउने वेला किताब सँगै लान्थ्यो, पढिरहन्थ्यो ।

किताब पढ्नुको फाइदा

किताब पढ्नुको फाइदा

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !