मकै गवाराे र फौजि किराले खाए पछि किसानकाे हारगुहार

  • By : रामकृस्ण कंडेल
  • समाज

कृष्ण अन्जान

रुरुक्षेत्र गाउँ पालिका १ ठुला पाेखरा क्षेत्रका खगेश्वर ज्ञवालीले फाेनमा भन्दै हुनुहुन्थ्यो लौन मिडिया चुप लाग्न भएन याे कुरा सम्बन्धित निकाएलाइ सुनाइ दिन पर्याे बारीकाे मकै त लपक्कै गवाराले खायाे ।

पाेहाेर पनि यस्तै भयाे अहिले पनि त्यस्तै छ राज्यले हाम्राे कुरा सुनेन मिडिया मार्फत सुनाम कि भनेर ।

खगेश्वर ज्ञवाली जस्ता धेरै किसानले यतिबेला गवाराे नियन्त्रण का लागि राज्य सँग गुहार मागि रहेका छन ।गत हप्ता यसरीनै रुरुक्षेत्र गाउँपालिका वडा न २ याडुँगका रामु कुवँरले मकैमा फौजि किराले अाक्रमण गरेपछि मिडीयालाइ गुहार्नु भएकाे ।

हुनपनि गएकाे वर्ष यसै गरि कतै फौजि किराले त कतै गवाराेले मकैमा अाक्रमण गरेपछि याे क्षेत्रका किसान हरुकाे मकै पचास प्रतिशत मात्र फल्याे र याे वर्ष पनि मकैमा गवाराे लागेर बिछट्टै छ ।

रुरुक्षेत्र १ का दिनानाथ ज्ञवालीले मकैकाे फेद चापेर गवाराे मार्ने तयारी गर्दै हुनुहुन्छ तर यसरी के साध्य लाग्छर ?

खाेइ कहाँ भन्ने कसले सुन्छ र किसानका पीडा ज्ञवालीकाे गुनासाे छ ।

यसरीनै गवाराे लागेपछि पाेहाेर साल च्यूरेकि किसान हरुले निजि खर्चमा अौषधि मगाएर मकैमा छरेका हुन तर याे वर्ष यहिबेला लकडाउन छ अौषधि पनि उपलब्ध हुन गाह्राे भएकाे छ ।

जिल्लामा कृषिका निकाए हरु छन स्थानिय तहमा कृषि क्षेत्र हेर्ने महाशाखा छ तर किसान समस्यामा परेकाे बेला ती निकाएकाे सकृयता देखिदैन ।

स्थानिय तहमा कृषकका लागि मल बीउ विषादीका लागि भनेर वर्षेनी बिनियाेजित बजेट यसरी पिडामा परेका किसानका खेत बारिमा पुग्छ कि बर्सेनि फ्रिज हुन्छ किसानलाई थाहा हुँदैन ।

किसान चिच्याइ रहन्छन राज्यका निकाए हरुले कान थुनेर नसुनेझैँ गर्छन यात पहुँच हुनेहरु कहाँ पुग्छन ।

याे वर्ष फेरी मकैमा गवाराे लागेपछि रुरुक्षेत्र का किसान हरुले सहयाेगकाे गुहार माग्दैछन हेर्न बाँकि छ राज्यका निकाए र स्थानिय तह कति जिम्मेवार बन्छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।