खचाखच सवारी साधनमा गाउँ फर्कनेकाे लर्काे बढ्याे गाउँ घरमा त्रास

कृष्ण अन्जान,रुरु✍️

भेरिएन्ट सहितको काेभिड १९ काे सँक्रमणले भयावह रुप लिन थालेपछि शहर छाडेर गाउँ फर्कने काे लर्काे छ ।काठमाडौ लगाएत बुटवल भैरहवा बाट गुल्मी भित्रिने साना तथा ठुला सवारी साधनमा यात्रुहरूको भिडभाड छ ।दिनभर जसाे सयौँ सवारीका साधन हरु गुल्मीको रिडी नाकाबाट भित्रिएका छन ।

मुख्यतः बस सवारीका जिप ट्याक्सि भरिभराउ भएर जिल्ला भित्रिएकाे पाइएकाे छ ।

यी सवारी साधन हरुमा भारतबाट नेपाल फर्कने हरुकाे पनि ठुलै ताँती छ ।

मास्क सेनिटाइजर त यी सवारी साधनमा यात्रा गर्ने हरुले प्रयाेग गरेकाे पाइएपनि भिडभाडमा काे सँक्रमित हाे र काे सँक्रमित हाेइन यश बारेमा अत्ताे पत्ताे छैन ।

रिडी बजार हुँदै बाग्लुँग गुल्मी अर्घाखँाचि स्याङ्जा काे पश्चिमी भागमा जाने यात्रु हरु अत्यधिक रहेकाे पाइएकाे छ ।सवारी साधनकाे भिडभाडलाइ रिडी बजारमा राखिएको हेल्थ डेक्सले पनि धान्न धौधौ भएकाे छ र रिडी बजारमा झर्ने यात्रुहरुलाइमात्र चेलजाँच गर्ने काम हेल्थ डेक्सले गरेकाे छ ।

शहर भन्दा गाउँ शुरक्षित छ भनेर फर्कने हरुले स्वास्थ मापदण्ड अपनाउनु पर्ने देखिएकाे छ ।भारतबाट नेपाल फर्कने हरुमा अत्यधिक भेरिएन्ट सहितकाे काेभिड १९ देखा परेकाे र उनिहरुबाट सँक्रमण सर्ने खतरा भएकाले घर फर्केपछि हाेम क्वारेन्टाइन वा अाइसाेलेसनकाे सहारा लिँदा सँक्रमण दर कम हुने अाँकलन गरिएकाे छ ।

याे परिस्थितिमा हरेक स्थानिय निकाएले भारत तेस्रो मुलुक र शहरबाट अाउने हरुकाे तथ्यांक सँकलन गरी चेकजाँच क्वारेन्टाइन र अाइसाेलेसन काे व्यवस्थापन गर्नु जरुरी भएकाे छ ।

पछिल्लो चरणमा भारत तेस्रो मुलुक र शहर बजार बाट गाउँ फर्कने हरुकाे लर्काे लागिरहँदा ग्रामीण क्षेत्रमा मास्क काे प्रयाेग खासै भएकाे पाइँदैन भने सेनिटाइजर र सावान पानीले हात धुने काम पनि नगरेकाे पइएकाेले स्वास्थ स्वयंसेविका ,शिक्षक र सामाजिक अभिन्ता हरुबाट अनुगमन अगाडी बढाउनु पर्ने देखिएकाे छ ।

यसै गरि सँक्रमित हरुलाइ पिसिअार एन्टिजिन परिक्षण सँगै क्वारेन्टाइन र अाइसाेलेसनकाे व्यवस्था सँगै गाउँ पालिका र जिल्लामै लकडाउन गर्नु पर्ने देखिएकाे छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको