गुल्मीको मुसिकोट नगरपालिका७ढाबरोडमा देउराली कार्की चाईनिज कर्नर सन्चालनमा

रामकृस्ण कंडेल,वामीटक्सार

मुसिकोट नगरपालिका७ढाबरोडमा देउराली कार्की चाईनिज कर्नर सन्चालनमा आएपछी यस क्षेत्रमा निकै चहल पहल बढेको छ।लामो समय बिदेशका तारे होटल हरूमा समेत कामको अनुभब संगाली स्वदेश फर्कीनु भएका बिस्णु कार्की र उहॉकी धर्म पत्नी पशुपती रायमाझी कार्कीले सन्चालनमा ल्याऊनु भएको रेस्टुरेन्टमा टाढा टाढा बाट पनि ग्राहक हरू आऊने गरेको सन्चालक कार्कीले बताऊनु भयो।

‘कोभीड१९को महामारीको बेला टाढा जान सकिएन गॉऊमै केही गरौं भन्ने सोंचका साथ रेस्टुरेन्ट शुरू गरेका छौ’कार्कीले युनिक खवर डट कम संग बताऊनु भयो।’हामीले सोंचे भन्दा बढी सफलता प्राप्त गरेका छौ’कार्कीको भनाई छ।सन्चालनको छोटै समयमा सोचे भन्दा बढि ग्राहक हरू आफ्नो रेस्टुरेन्टमा आऊन थालेकोले कार्की परिवार खुसी देखिनुभएको छ।

वामीटक्सार बजार भन्दा करिब १किलो मिटरको दुरीमा वामीमैदान जाने बाटोमा ढाबरोड भन्ने स्थानमा उक्त रेस्टुरेन्ट रहेको छ।स्थानीय साधन स्रोत हरू प्रयोगमा ल्याई कटेज स्टाईलका संरचना निर्माणगरी रेस्टुरेन्टको सेवा शुरू गरिएको छ।बजार भन्दा केही माथीको स्थानमा रेस्टुरेन्ट रहेकोले त्यहॉ बाट निकै शुन्दर दृस्य हरूको अबलोकनगर्दै स्वादिला खानाका परिकार हरू खॉदा पाहुना हरूले निकै सन्तुस्टी लिदै आएको सन्चालक बिस्णु कार्कीले बताऊनु भयो।

रेस्टुरेन्टमा पुग्न नसक्ने ग्राहक हरूले फोन गरेर आफ्नो ईच्छा अनुसारका परिकार हरू अर्डर गर्न सकिने सुबिधा समेत रहेको कार्कीले बताऊनु भयो।सन्चालक कार्किका अनुसार वामीटक्सार आसपासको क्षेत्रमा३०मिनेट भित्रमा भनेकै स्थानमा सुबिधा दिईदै आएको जानकारी दिनुभएको छ।पुर्ण पारिबारीक बाताबरण रहेको रेस्टुरेन्टको सेवा बाहेक अर्गानिक बस्तु हरू समेत बिक्री गरिदै आएको देखिन्छ।

शहरी कोलाहल भन्दा फरक बाताबरण भएको स्थान,पार्किड०को राम्रो ब्यबस्था,फ़्री वाई फाईको प्रबन्ध गरिनुका साथै अन्यत्र भन्दा मुल्य कम यस रेस्टुरेन्टको बिशेषता रहेको छ।

सफा,स्वच्छ र स्वादिष्ट खाना तथा नास्ताको लागि एक पटक पुग्नै पर्ने स्थान संझिएर पाहुनाभई आऊन र पारिबारीक सदस्य भई फर्किनको लागि रेस्टुरेन्ट सन्चालिका पशुपती रायमाझी कार्कीले सबै संग आग्रह गर्नु भएको छ।

म:म,चाऊमिन,चिकनरोस्ट,खसीको भुटुवा,अन्डा लगायत अर्डर अनुसारका खानाको साथै हरेक प्रकारको गुणस्तरिय पेय पदार्थको लागि एकपटक मुनपा७को ढाबरोडमा रहेको’देउराली कार्की चाईनिज कर्नर’लाई संझिनुहुन हाम्रो पनि बिशेष आग्रह छ।

Related Post
सुनको मुल्यमा भारी गिरावट

सुनको मुल्यमा भारी गिरावट

कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मुल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ।

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

मुख्य कार्यालय बाहेक सबै शाखा बन्द गर्ने बैंकहरुको निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो।