उपमहॅासचिब ज्ञवॅाली गुल्मीका अग्निपीडितहरूसँगको भेटमा ब्यस्त

रामकृष्ण कंडेल,वामीटक्सार✍️

नेकपा एमालेका उप महॅासचिब तथा नेपाल सरकारका पुर्व मन्त्री प्रदिप कुमार ज्ञवॅाली गुल्मीका अग्निपीडितहरू सँगको भेटमा आज निकै ब्यस्त रहनुभयो।वैशाखका दोस्रो र तेस्रो साता फैलिएको आगोलागी बाट प्रभाबित गुल्मी जिल्ला निर्बाचन क्षेत्रनं १ अन्तर्गतका स्थानहरूमा एमाले उपमहॅासचिब ज्ञवाली संग जिल्ला पार्टि अध्यक्ष बालसिड० काऊछा,छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पान्डे,उपाध्यक्ष साबित्रा ज्ञवाली लगायत विभिन्न सामाजिक ब्यतित्वहरु आगोलागी पीडित परिवार संग भेटघाट गर्नुभएको समाचार युनिक खवर डट कम लाई प्राप्त भएको छ।

उप महॅासचिब ज्ञवालीका अनुसार ‘गुल्मीका धेरै गाउँबस्तीहरू उजाड बनायो।आफ्नो जीवनभरिको कमाइबाट बनाइएको घर हेर्दाहेर्दै खरानी बनेको पीडाबाट अझ कतिपय परिवार बाहिर निस्कन सक्नुभएको छैन’

आज हुँगा,ग्वादी,भड्कुवा,दौँघा मोहरे र अमर अर्वाथोकका अग्निपीडितहरू सँग भेट्ने र सहानुभूति व्यक्त गर्ने काम गरिएको छ।अग्निपीडितहरू सँगको भेटमा आफ्नो प्रतिबध्दता सहित ज्ञवॅाली भन्नुहुन्छः ‘सरकारबाट अविलम्ब आवास पुनर्निर्माण गरेर उहाँहरू लाई सुरक्षित आश्रयमा फर्काउने काम गर्न जरूरी छ’

आज उहॅाहरूको गुल्मी निर्बाचन क्षेत्रनं १ का आगोले जलेर घरहरू नष्ट भएका अग्निपीडितहरू सँगको भेटघाट गर्ने कार्य सकिएको छ।

उप महासचिब ज्ञवॅाली यतिखेर गुल्मी क्षेत्र नं२ का अग्नि पीडितहरू सँग पनि भेटघाटको लागि जाने कार्यक्रम रहेको थियो तर बिशेष कारणबस छिट्टै काठमाण्डौं पुग्नुपर्ने भएकोले क्षेत्र नं२ को कार्यक्रम स्थगित गरिएको जिल्ला पार्टी अध्यक्ष बालसिड० काऊछाले बताऊनु भयो।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको