दशैं दशा बन्यो गुल्मी डॉसिकोटका टुंकबहादुर परियार लाई

रामकृस्ण कंडेल,डॉसिकोट✍️

गुल्मी डॉसिकोटका टुंकबहादुर परियार लाई दशैंको दिन अशुभ बन्न पुग्यो।दिनभर खड्कभुमी कालिका मन्दिरमा चैतेदशैं पुजामा शहभागी भई घर पुगेको केही समयमै निकै मिहिनेतका साथ निर्माण गरेको बंगालोमा आगलागी भएको देख्नुपर्दा निकै पिडा बोध भयो टुंकबहादुर लाई।

एक्कासी चैते दशैंको सॉझपख आगलागी भएको खवर हुना साथ गॉऊले हरू आगो निभाऊने उध्देश्यले ठुलो संख्यामा उपस्थित भए।सबै जना आगो निभाऊने कार्यमा सकृय भए तर बंगालोमा राखिएका महत्वपुर्ण काठ सहित भैसी डडेको छ।बंगालो पुर्ण रूपमा नस्ट भएको छ।आगोलागी कसरी भयो कारण खुल्न सकेको छैन।

समयमै गॉऊलेहरू आगलागी क्षेत्रमा पुग्नाले घर टुंकबहादुर परियारको बस्ने घर जोगाउन सकिएको बताईएको छ।बंगालो,काठपात,भैसी लगायतको क्षतीको हिसाब गर्दा करिब ३ लाख भन्दा बढिको क्षती हुदा टुंक परियार निराश देखिनु भएको छ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।