रुरुधामकाे पर्यटनलाई सघाउन काँग्रेसले रिडीमा क्षेत्रिय अधिवेशन गर्ने

कृष्ण अन्जान✍

नेपाली काँग्रेसकाे आसन्न चौधौँ अधिवेशनकाे मिति नजिकिँदै गर्दा पार्टीकाे तल्लाे निकाय यतिवेला चलाएमान छ ।

देशै भरि वडा तहका अधिवेशन हरु करिब सकिएका छन र अव पार्टी पालिका क्षेत्र र जिल्ला अधिवेशनकाे तयारीमा जुटेकाे छ ।

गुल्मी जिल्लामा पनि वडा अधिवेशन सम्पन्न भईसकेका छन भने पालिका अधिवेशनका लागि असौज १९ लाई ताेकिए पछि तयारी चलिरहेकाे छ ।

पालिका अधिवेशन पछि क्षेत्रिय अधिवेशन काे तयारी हुनेछ ।

यश अघि नै क्षेत्रिय प्रतिनिधि र क्षेत्रिय सभापतिकाे प्रचारमा नेताले गाउँ गाउँ पुगेर कार्यकर्तालाई पहिलाे चरणकाे भेटघाट सकाएका छन ।

पालिका अधिवेशन पछि काे क्षेत्रिय अधिवेशनका लागि गुल्मी जिल्ला क्षेत्र न १ काे अधिवेशन नेपालकै धार्मिक र ऐतिहासिक स्थल रुरुक्षेत्रकाे रिडीमा गर्ने निर्णय गरिएकाे छ ।

हाम्रो गौरव र धार्मिक तथा ऐतिहासिक स्थल रुरुधामकाे पर्यटन प्रवर्द्धन र प्रचार प्रसारलाई प्रमुखतामा राखेर हामीले नेपाली काँग्रेसकाे क्षेत्रिय अधिवेशन रिडीमा गर्ने निर्णय गर्यौँ र यसका लागि स्थानिय पार्टीका समितिलाई लाई चलाएमान बनाउँदरे तयारी पनि शुरु गरेका छौँ रुरुक्षेत्र १ का नेपाली काँग्रेसका सभापति अमूल्य श्रेष्ठले भने ।

हरेक सभा सम्मेलन तथा पार्टीका कार्यक्रम सदरमुकाम केन्द्रित भई रहँदा कम्तिमा नेपाली काँग्रेसले क्षेत्रिय अधिवेशन सदरमुकाम बाहिर र त्याे पनि धार्मिक पर्यटन स्थल रिडीमा गर्ने निर्णयलाई रिडीवासि हरुले पनि सकारात्मक रुपमा लिएका छन ।

तीन जिल्लाकाे सँगम पवित्र धार्मिक स्थल र कालिगण्डकी नदिकाे किनार मा रहेकाे रिडीबजारलाई सबैक्षेत्रबाट चिनाउनु हाम्रो लक्ष हाे त्यसैले पनि नेपाली काँग्रेसकाे क्षत्रिय अधिवेशन रिडीमा हुनु हामिले गौरवको रुपमा लिँदै मेलाकाे रुपमा लिनु पर्ने अमूल्य श्रेष्ठको भनाई छ ।

सँभवत दशैँ पछि आयाेजना हुने क्षेत्रिय अधिवेशनमा गुल्मी क्षेत्र न १ का पचास वटा वडा बाट छानिएका करिव एकहजार प्रतिनिधि त्यतिनै सँख्यामा नेता कार्यकर्ताकाे उपस्थिति रहने छ ।

याे अधिवेशनले रुरुक्षेत्रकाे आन्तरिक पर्यटन प्रवर्द्धन सँगै स्थानिय हाेटल व्यवसायी हरुका लागि पनि व्यापारकाे अवसर प्राप्त त हुने नै छ र रुरुधामकाे व्यापक प्रचार प्रसार समेत हुनेछ ।

पछिल्लो चरणमा रिडीबजारमा सुविधा सम्पन्न हाेटल हरु सन्चालन भए सँगै सभा सम्मेलनमा सहजता भएकाे छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।