चिनियाँ कम्युनिस्ट पार्टीद्वारा जुम्ला अस्पताललाई हाइड्रोजन अक्सिजन सहयोग

चिनियाँ कम्युनिस्ट पार्टी सय वर्ष पुगेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाल मजदुर किसान पार्टीका नेता निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरणसहित आवश्यक स्वास्थ्य सामग्री जुम्ला ल्याएर अस्पताललाई बुझाउनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

दुई हजार आठ सय ८० थान एन–९५ मास्क र एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ। दुई हजार माक्स जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई प्रदान गरिएको छ। नेमकिपाका केन्द्रीय सचिवसमेत रहनु भएका सुवालले कर्णालीजस्तो क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

‘हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेन्ट्रेटरभन्दा बढी भरपर्दो छ। अत्याधुनिक र बहुउपयोगी छ। ती सामग्रीको बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको छ,’ नेता सुवालले भन्नुभयो, ‘छिमेकी देश चीनले कोभिडमाथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गरिरहेकोप्रति खुसी छौँ।’

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमकिपालाई स्वास्थ्य सामग्री सहयोगस्वरूप प्राप्त भएको हो। जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरूलाई सो स्वास्थ्य सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिसकेको छ। जुम्लादेखि विराटनगरसम्मका अस्पतालमा स्वास्थ्य सामग्री पुगिसकेको छ। स्वास्थ्य सामग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रशंसनीय छ। आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउनका लागि साथ र सहयोग रहने अपेक्षा गरिएको छ।’

संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिस्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्रीले राहत मिल्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै गरिएको यो सहयोगले कोरोना महामारीविरुद्ध लड्ने हौसला प्रदान गरेको छ। चीनले नेपालप्रति देखाएको सदभाव र सहयोगका लागि हामी आभारी छौँ।’

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको