आगोलागी प्रभाबितको सहयोगको लागि अध्यक्ष महेन्द्र कुमार अधिकारीको आग्रह

रामकृष्ण कंडेल,युनिक खवर✍️

गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले गुल्मी जिल्लाका आगोलागी प्रभाबितहरू लाई सक्दो सहयोग गर्नको लागि सबै संग बिशेष आग्रह गर्नुभएको छ।सात समुन्द्र टाढा जापानमा रहेर पनि जन्मभुमीप्रती बिशेष मायॅा गर्दै आऊनुभएका अध्यक्ष अधिकारी केहीदिन अगाडि देखि गुल्मीका बिभिन्न स्थानमा भएका आगजनी र त्यस बाट हुनपुगेको करोडौंको क्षती लाई थोरै भएनी सहयोग गर्नुपर्छ भन्दै जापानमा गुल्मेली समाज मार्फत सहयोग संकलन कार्यमा सकृय देखिनुभएको समाचार युनिक खवर डट कम लाई प्राप्त भएको छ।

गुल्मीमा हावाहुरी सहित फैलिएको आगोको कारण घर गोठ पशु चौपाया र सवारी साधनमा व्यापक क्षति भएको छ।क्षेतीको विवरण संकलन र पिडित परिवार लाई राहत सामग्री वितरण कार्यको सम्बन्धमा हामिसंगको कुराकानीमा अध्यक्ष अधिकारी भन्नुहुन्छ: ‘आज हामीलाई परेको छैन त्यसैले सामान्य जस्तै लाग्छ तर जसलाई गुज्रीनुपर्छ त्यो भयानक छ।घर,सम्पत्ति, परीवार,भविष्य सबै सबै अग्नीले भष्म बनाएको अग्नीपिडीतहरुलाई सबैले जति सक्नुहुन्छ सहयोग गरीदिनुहुन अनुरोध गर्दछु’

‘दान,पुण्य,धर्म,कर्म आफू स्वयमको हो दिनदुखीलाई फुकाएको मुठी फेरी अन्जुली भरी भरी आफैले पाईने हो , त्यसैले ईच्छुक सबैले संस्थाले उपलब्ध गराएको खातामा सक्दो सहयोग गरीदिनुहोला’गुल्मेली समाज जापानका अध्यक्ष अधिकारीको आग्रह रहेको छ।

बिपतमा परेको बेला मिलेरै बिपतको सामना गरौं,थोरै धेरै सबैले सहयोग गरौ भन्दै सबै सहयोग दाता संग सहयोगको अपेक्षाका साथ अध्यक्ष अधिकारी भन्नुहुन्छ:’यहॉहरुले दिनुभएको रकम पिडितहरु सम्म पुराएको सबै विवरण पारदर्शीक ढंगले प्रस्तुत गर्ने नै छौ’

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको