सभासद खड्क के सी ले ताराखसे युवा क्लबको बार्षिकोत्सबको आज उद्घाटन गर्ने,३६ टिमको नाम दर्ता

रामकृस्ण कंडेल,वामीटक्सार✍️

ताराखसे युवाक्लव मालारानीले अाफ्नाे स्थापनाकाे नवौँ वार्षिकाेत्सवकाे अवसर पारेर खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिताकाे खेल आयोजना गरेको छ।खेल हिजो देखी शुन्दर पर्यटकिय स्थल मुनपा ८ मालारानीमा शुरू भएको छ।भलिवल खेल हिजो देखि शुरूभएता पनि नबौं वार्षिकाेत्सवकाे औपचारिक उद्घाटन लुम्बिनी प्रदेश सभासद खड्क के सी बाट

आज भब्य कार्यक्रमको बिचमा गरिने मालारानी बाट ताराखसे युवा क्लव मालारानिका सदस्य तथा लुम्बिनी प्रादेशिक रेफ्री नबिन छन्तेलले युनिक खवर डट कम लाई जानकारी दिनु भएको छ ।

पवित्र तपाेभुमि सालिमेकाे काखमा अायाेजना गरिन लागेकाे प्रतियोगितामा पुरुष तर्फ ३० टिम र महिला तर्फ ६ टिमले दर्ता गरिसकेको कार्यक्रमको आयोजक छन्तेलले बताऊनु भयो।निकै टाढा टाढा बाट उत्कृस्ट भलिवल टिम हरू खेलमा सहभागिताको लागि मालारानीमा आईसकेको बुझिएको छ।

यस क्षेत्रमा यति धेरै सहभागी टिम हरू खेलको लागि नाम दर्ता भएकोमा आफुहरू थप उत्साहित भएको आयोजकको भनाई रहेको छ।नबौं बार्षिकोत्सब भब्यताका साथ सम्पन्न गर्नका लागि आयोजकको तर्फ बाट आकर्षक मन्च निर्माण,स्वागत द्वार,सरसफाई लगायतका कार्य हरू सम्पन्न भईसकेको बताईएको छ।यतिखेर मालारानीमा निकै चहलपहल बढिरहेको छ।खेलाडिहरू,अतिथिहरू,दर्शकहरू लाई स्वागत गर्न मालारानीबासी हरू आतुर देखिनु भएको छ।प्रथम हुने टिमलले नगद ३० हजार मेडल र प्रमाणपत्र, द्दितिय हुनेले नगद २० हजार मेडल र प्रमाण पत्र साथै तृतिय हुने टिमले १० हजार नगद,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

यसै गरि महिला तर्फ प्रथम हुनेले नगद १२ हजार, मेडल र प्रमाण पत्र, द्दितिय हुनेले ८हजार नगद सहित मेडल र प्रमाण पत्र सँगै तृतीय हुनेले ४ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।प्रतियोगितामा पुरुष तर्फ एक हजार पाँच सय र महिला तर्फ एकहजार टिम दर्ता शुल्क राखिएकाे छ ।लुम्बिनी प्रादेशिक रेफ्री शोम मगरको नेतृत्वमा खेल सन्चालन हुने बताईएकोछ।

विकास अनुशासन र गतिशिलता अाजका युवाहरुकाे अावस्यकता भन्ने नाराका साथ अाफ्नाे वार्षिकोत्सबमा खेलकुद प्रतियोगिता लाई जाेडेकाे क्लबका अध्यक्ष रामबहादुर बोहोराले बताऊनु भयो।बोहोराका अनुसार क्लवले वार्षिकोत्सबकाे उपलक्ष्यमा स्थानिय कलाकार हरुको साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी छ।

मालारानि तथा सालिमे तपाेभुमीकाे साँस्कृतिक र ऐतिहासिकताकाे प्रचार प्रसार सँगै याे क्षेत्रमा अान्तरिक तथा वाह्य पर्यटक हरुकाे गन्तव्यका रुपमा विकास गर्दै पर्यटन प्रवर्द्धनमा समेत क्लवले जाेड दिने बताइएकाे छ ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।