सुन्दरी शरणार्थी खेलाडी—युस्रा मार्दिनी

धेरैजसोको लागि टाढा यात्राबाट विश्व बुझ्न सकिन्छ तर २३ वर्षीय युस्रा मार्दिनीका लागि युद्ध चलिएको घरबाट निस्किने हो। उनी चिसो समुद्रबाट ओलम्पिक खेलकुदको स्विमिङ पुलमा पौडी खेल्दै थिइन्। साहस, मेहनत र प्रयासको आधारमा आफ्नो सपनालाई उनले व्यवहारमा उत्तारेकी छन्।

सिरियाबाट आएकी तर शरणार्थीको हैसियतले टोकियो ओलम्पिक खेलकुद समारोहमा संलग्न भएकी यो युवतीले भनिन् कि मलाई पौडी खेल्न निकै मन पर्छ। पौडी खेलले नै मलाई ओलम्पिकमा ल्याएको हो साथै मेरो ज्यान पनि बचाएको हो।

युस्राले ओलम्पिक खेलकुदमा संलग्न भएकी यो दोस्रो पटक हो। पहिलो चोटि सन् २०१६ मा रियो ओलम्पिक खेलकुदमा भाग लिएकी थिइन्। त्यति बेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले पहिलो पटक ओलम्पिक खेलकुदमा शरणार्थी प्रतिनिधि टोली स्थापना गरेको थियो भने ओलम्पिक खेलकुदमार्फत शरणार्थी समस्यासम्बन्धी विश्वको ध्यान तान्ने त्यसको उद्देश्य हो।

​थाहा भएअनुसार, शरणार्थी प्रतिनिधि समूहको खेलाडीको संख्या अघिल्लो पटकको १० देखि बढेर हाल २९ पुगेको छ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।