अक्कल बिनाको नक्कल ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ बेबी सावर”

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए ।

हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— “बेबी सावर” । के रहेछ यो भनेर गम्दै भित्र पसेपछि हामी छक्क पर्‍यौं ।

घरकी जेठी बुहारी पाँच महिनाकी गर्भवती रहिछन् । उनका वरिपरि जम्मा भएका मानिसहरू गर्भवतीको पेट देखाउँदै, हाँस्दै, रमाउँदै फोटा खिचाउँदै रहेछन् । सत्तरी वर्ष नाघेका सासू–ससुरा पनि संकोच मान्दै बुहारीको उत्साह हेर्दै त्यस माहोलमा रमाउन खोज्दै रहेछन् ।

बेबी सावर’ विदेशमा प्रायः गर्भस्थ बच्चाको लिंग के छ भन्ने थाहा पाएपछि गरिन्छ । केवल महिलाहरू जम्मा हुन्छन्, गर्भवतीलाई उपहार दिन्छन्, भ्रूण छोरा वा छोरी जे हो त्योअनुसारको नीलो वा गुलाबी लुगा आदि दिने र रमाइलो गर्ने गर्छन् । त्यसैले नेपालमा ‘बेबी सावर’ मनाउनुको तुक छैन । किनभने नेपालमा भ्रूणको लिंग पहिचान गर्नु कानुनी अपराध हो । नेपाली समाजले भ्रूण पहिचान गरेर, अपराध गरेर, रमाइलो गर्न थालेको हो कि भन्ने प्रश्न मनमा आउँछ । हामी विदेशका राम्रा बानी, अनुशासन, सरसफाइ, समयको वास्ता गर्ने र किताब पढ्ने बानी, आफ्ना सांस्कृतिक महत्त्वका वस्तुहरूको वास्ता गर्ने, स्वस्थ खाना खाने आदिको चाहिँ वास्ता गर्दैनौं । हाम्रो संस्कृति र कानुनसँग नमिल्ने ‘बेबी सावर’ चाहिँ धुमधामसँग मनाउने प्रयत्न गर्छौं । केक काट्छौं । जबकि केकले गर्भवती महिलालाई बेफाइदा गर्न सक्छ, शरीरमा चिनीको मात्रा बढाउँछ, भ्रूणलाई खराबी गर्न सक्छ । ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेको सायद यही होला ।

हाम्रो संस्कृतिमा हरेक समुदायका महिलाहरू गर्भवती भएपछि सुरक्षा दिन, उनको स्वास्थ्यको ख्याल राख्न अनेक चलन छन् ।

गर्भवतीलाई ‘दही–चिउरा’ खुवाउनु त्यस्तै एउटा चलन हो । ‘दही–चिउरा’ खान दिने भनेर अनेकथरीका स्वास्थ्यकर भोजन पनि दिइन्छ । घरमा खाना भाग लगाउँदा ‘दोजिया’ अर्थात् ‘दुई जीउकी’ का लागि भनेर भोजनको केही बढी भाग दिइन्छ । नेवार समुदायमा पनि गर्भवतीका लागि विशेष खाना बनाइन्छ । तर, ‘भुँडी देखाएर’ फोटो खिच्ने–खिचाउने चलन छैन ।

‘बेबी सावर’ जस्तो चलनले गर्भवती महिलालाई फाइदा गर्दैन । गर्भको व्यापारीकरण भयो । नेपालका सिने नायिकाहरूले गर्भावस्थाको फोटो खिचाएर राखेपछि सहरका नेपाली गर्भवती महिलाहरूलाई पनि भुँडी देखाएर फोटो खिचेर राख्ने इच्छा बढ्न सक्छ, बढिरहेको छ ।

‘बेबी सावर’ का नाममा अनेक महिला–पुरुष जम्मा भई ‘भुँडीको फोटो’ खिचेर सामाजिक सञ्जालहरूमा राखेको देखिन्छ । तर वास्तवमा ‘वेबी सावर’ को अर्थै नबुझी, यस्तो ठाउँमा को–को जम्मा हुन्छन् भन्ने नबुझी, त्यसको प्रतीकात्मक अर्थ नबुझी नक्कल गर्दा, अनेक फोटा राख्दा विदेशीहरू कति हाँस्दा होलान् !

धेरैजसो नेपाली महिलालाई गर्भावस्थामा योगासन गर्नुपर्छ भन्नेबारे थाहा छैन, स्वास्थ्यकर खानेकुरा खानुपर्ने कुरा वास्ता गरिन्न, गाउँघरका महिलाहरूलाई कामको बोझले गर्भावस्थामा गाह्रो भएको वास्ता गरिन्न, तर ‘नक्कल गरेर बेबी सावर’ गर्नचाहिँ हामी खप्पिस हुँदै गएका छौं । श्रोत- Aruna Uprety

Related Post
धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी हो:गौतम

धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी हो:गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिस्ठ नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालका स्वकिय सचिब मोहन गौतमले धम्की जस्तो गरी स्टाटस लेख्नु र समाचार लेखाउनु नेतृत्व प्रतिको बेइमानी भएको बताऊनु भएको छ।

नेकपामा नयाँ वैचारिक बहस:रामदिप आचार्य

नेकपामा नयाँ वैचारिक बहस:रामदिप आचार्य

हाम्रो जमानाका सबैभन्दा प्रख्यात र असाधारण इच्छाशक्तिले भरिएका वैज्ञानिक स्टेफन हकिंस्ले आफ्नो जीवनको उत्तरार्धतिर लेखेको पुस्तक “महान् परियोजना” मा “दर्शन मरिसक्यो” भनेर घोषणा गर्छन् । आधुनिक विज्ञान खासगरी भौतिकशास्त्रको विकाससँग तादात्म्यता