कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

रियो दि जेनेरियो : कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहान भएको फाइनलमा घरेलु टिमलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।

खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो ।

योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना पूरा भएको छ ।

उनले बार्सिलोनाबाट दर्जनौँ पटक ट्रफी जिते पनि मुलुकलाई ठुलो उपाधि दिलाउन सकेका थिएनन् ।

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।