विद्यालयमै ६ रोपनी जमिनमा कृषि शिक्षा र खेती, विद्यार्थीले गर्न थाले आम्दानी

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा रहेकाे सरस्वती माध्यमिक विद्यालयमा १८ महिने कृषि जेटिए र तीन वर्षे आइएसएजीका विद्यार्थीहरूले प्रयोगात्मक अभ्यास सँगसँगै शिक्षा र पैसा आर्जन गरिरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकामा रहेको यस विद्यालयले कृषि खेतीबाट आम्दानी गर्ने गरेको छ। किताबमा लेखेको मात्रै पढ्नुभन्दा प्रयोगात्मक विधिबाट अध्यापन गराउँदा सिकाइमा टेवा पुगोस् भन्ने उद्देश्यले कृषि खेती गरिएको विद्यालयले जनाएको छ।

रोग र किराबाट बिरूवालाई कसरी जोगाउने र उत्पादन भएको तरकारीलाई कसरी बजारसम्म लैजाने भन्ने कुरा सिकिरहेको विद्यार्थी आकृति अवस्थीले बताइन्। उनी भन्छिन्, ‘प्रयोगात्मक विधिबाट अध्ययन गर्दा हामीहरूलाई फाइदा भएको छ।’

विद्यालयको कुल ६ रोपनी जमिनमा ५ वटा प्लाष्टिक टर्नेल निमार्ण गरी टमाटर, भन्टा, मुला, काउली तथा विभिन्न जातका फलफूलका बिरुवाको नर्सरीसमेत तयार पारिएकाे छ । आफूहरूले यसबाट ज्ञान आर्जनसंगै आम्दानी पनि गरिरहेको विद्यार्थी जनकराज तिम्लिसेनाले बताए।

सामग्रीको अभाव झेल्दै विद्यालय

प्रयोगात्मक विधिबाट अध्यापन गराउँदा चाहिने सामग्रीको कमि विद्यालयलाई छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिँदा सहज हुने प्रशिक्षक नरेश देउवाले बताए। च्याउ खेती र माछा पालनका लागि पनि विद्यालयले तयारी थालेको उनको भनाइ छ।

विद्यार्थीलाई आधुनिक तरिकाबाट खेती कसरी गर्ने नयाँ प्रणाली के विकास गर्ने, रोग किराको व्यवस्थापन तथा बजारसम्म कसरी उत्पादित तरकारी पुर्‍याउने लगायतको ज्ञान फिल्डमा नै प्रशिक्षकले सिकाउने गरेका छन्।

उत्कृष्ट प्रयोगात्मक विधिबाट विद्यालयले अध्ययन गराइरहेको भए पनि स्थानीय तहले सहयोग नगरेको विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीको आरोप छ। आर्थिक अभावकै कारण विद्यालयले बासका टनेल बनाएको उनी बताउँछन्।

आम्दानीको ५० प्रतिशत विद्यालय र ५० प्रतिशत विद्यार्थीहरूले प्राप्त गर्ने गर्छन् भने उत्पादन, वितरण तथा बिक्री सबै विद्यार्थीहरुले गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयप्रसाद भट्टले बताए।

विद्यालय हाताभित्र नै प्रयोगात्मक कक्षाका लागि प्रयाप्त जमिन रहेकाले विद्यार्थीहरूलाई कृषि प्रयोगात्मक कक्षामा सहजता भएको उनको भनाइ छ। विद्यालयले तरकारी बिक्री गरेर आएको पैसाले निजी स्रोतका शिक्षकलाईसमेत पारिश्रमिक दिइरहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको