अर्लाड०कोटमा करिब डेढ बर्ष पछी एम्बुलेन्स सन्चालनमा,पदम चालक नियुक्त

युनिक खवर✍️

अर्लाड०कोट सेवा समाज जापान अर्लाड०कोटको आज मुसिकोट ९ तेर्सापेटीमा सम्पन्न बैठकले करिब डेढ बर्ष पछी एम्बुलेन्स सेवा सुचारू गर्ने निर्णय गरेको छ।गुल्मी ददल्का निवासी पदम बराईली लाई एम्बुलेन्स चालक नियुक्त गर्ने निर्णय भएको छ।

बैठकले एम्बुलेन्स चालक लाई समितिको बाट उपलब्ध गराईने सेवा सुबिधाहरू समेत निर्णय गरेको छ।समितिका सदस्यहरू बिच ब्यापक छलफल पश्चात एम्बुलेन्सको भाडा दर निर्णय गरिएको छ।

आजको बैठकमा पुर्ब समितिका पदाधिकारीहरू लाई उपस्थित हुन तथा हाल सम्मको सम्पुर्ण आय ब्यय प्रस्तुत गर्नका लागि सुचना गरिएको तर अनुपस्थित रहेकोले आगामी बैठकमा अनिबार्य रूपमा सम्पुर्ण आय ब्यय बिबरण सहित उपस्थित गराऊनका लागि पुर्ब पदाधिकारीहरू लाई पत्राचार गर्ने निर्णय गरियो।

गॅाऊमा बसोबास गर्ने बासिन्दाहरू बिरामीहॅुदा न्युनतम भाडामा उपचार केन्द्र सम्म पुराउन सकियोस भनेर एम्बुलेन्स सेवा सुचारू गर्न लागिएको हो।बैठकमा अध्यक्ष रामकृष्ण कंडेल,उपाध्यक्ष चुनबहादुर खत्री,यचिब भानु खरेल,सहसचिब कमल सापकोटा कोषाध्यक्ष गोबिन्द सापकोटा,सदस्यहरु लक्ष्मी सापकोटा,कमल सुनार लगायत धुर्ब खरेल,दुर्गादेबी खरेलको बिशेष उपस्थिति रहेको थियो।

बैठकमा एम्बुलेन्स सेवा गुणस्तरिय बनाईने तथा यस संस्थाका कामहरू लाई पारदर्शी बनाऊनका लागि सबैले आआफ्नो क्षेत्र बाट बिशेष भुमिका निर्बाह गर्ने निर्णय समेत गरिएको छ।जापानमा रहनुभएका साथिहरुको सकारात्मक भुमिकाको प्रसंसागर्दै उहॅाहरूकै राय सल्लाह बमोजिम काम लाई अगाडि बढाऊने निर्णय गरिएको छ।

बैठक अर्लाड०कोट सेवा समाज जापान अर्लाड०कोट का अध्यक्ष रामकृष्ण कंडेलको अध्यक्षता,सचिब भानु खरेलको सन्चालन तथा संस्थाका सल्लाहकार सदस्य हरिप्रसाद खरेलको बिशेष उपस्थितिमा सम्पन्न भएको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको