हत्याको अारोपमा अभियुक्त पक्राउ

  • By : रामकृस्ण कंडेल
  • समाज

१९ वैशाख, गुल्मी ।गुल्मीमा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–१ का १८ वर्षीय रमेश कुमाल, १८ वर्षीय गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीलेआइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ हस्तीचौर घर भई वडा नम्बर–१ छिनुवामा होटल सञ्चालन गर्ने २३ वर्षीय मोतीबहादुर कुँवर गत भदौ २२ गते बिहान होटलमै रगताम्य अवस्थामा फेला परेका थिए । उनलाई उपचारार्थ गुल्मी अस्पताल लैजाने क्रममा मृत्युु भएको थियो ।

प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार पक्राउ परेकाहरुले गत भदौ ३ गते तीजको राम हेर्न राहले जाने क्रममा भएको विवाद भएको प्रहरीलाई बयान दिएका छन् । तीजको राम हेर्न जाँदा युवतीलाई किन लाइट देखाएको ? भन्ने विषयमा रमेश र मृतक मोतीबहादुर कुँवरबीच भदौ २१ गते राति होटलमै कुटाकुट भएको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

पक्राउ परेका तीनैजनामाथि जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।