छरिताे स्वास्थ सेवा र गुनासाे रहित व्यवहार ,रुरु स्वास्थ केन्द्रकाे आधार

कृष्ण अन्जान

युवाहरुमा जाेश त हुन्छ नै तर जब जाेशमा हाेस थपिन्छ तब युवाहरु झनै जिम्मेवार बन्छन ।

रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ रिडीमा रहेकाे रुरु प्राथमिक यतिबेला जाेश सँगै हाेस सम्हालेका युवा डाक्टर विकाश पन्थी कार्यरत हुनुहुन्छ ।

धेरै लामाे समय भएकाे छैन रुरु प्राथमिक स्वास्थ केन्द्रकाे प्रमुखकाे पद सम्हालेकाे तर यति बेला डाक्टर विकास पन्थीकाे चर्चा याे क्षेत्रमा छ ।

रुरुक्षेत्र गाउँ पालिकामा करिब २० हजारकाे हाराहारीमा जनसंख्या छ सँगै याे क्षेत्र वरिपरि पाल्पाको अर्गली कुसेनी स्याङ्जाको कालिगण्डकी रुरुक्षेत्र नजिकैकाे सत्यवति र पाल्पाकाे रैनादेवि गाउँ पालिका र क्षत्रकाेट गाउँ पालिकाकाे रिडीखाेला काे तटिय क्षेत्रका हजारौं जनता थपिँदा करिब पचास हजार भन्दा बढिकाे जन स्वास्थकाे आशाकाे केन्द्र रुरु प्राथमिक स्वास्थ केन्द्र हाे ।

यतिबेला नयाँ भेरियन्ट सहितकाे काेभिडकाे सँक्रमण छ रुरु स्वास्थ्य केन्द्र मा अरु राेगका दैनिक एक सय भन्दा बढिकाे स्वास्थ्य जाँच हुन्छ र याे जाँचकाे जिम्मा एक्ला डाक्टर विकासकाे काँधमा छ

आम जनसनुदायकाे स्वास्थ जाँच परामर्श र औषधाेपचार हाम्राे जिम्मेवारी हाे र आफ्नाे जिम्मेवारी बहन गर्दा मलाई थकाई लाग्दैन डाक्टर विकास पन्थी भन्नु हुन्छ ।

रुरु स्वास्थ केन्द्र बाट इमर्जेन्सी सेवा ,रात्रिकालिन इमर्जेन्सी सेवा ,एक्सरे, भिडियाे एक्सरे लगाएतका सेवा हरु प्रदान गरिन्छ र सबै मा एक्ला डाक्टर विकास पन्थीकाे सकृयता बढि छ ।

करिब पन्द्र जना स्टाफकाे परिचालन ,प्रशासनिक काम , बिरामी जाँच ,तर डाक्टर पन्थी मानवकाे रुपमा मशिन हुनुहुन्छ ।

पछिल्लो चरणमा नयाँ भेरियन्ट सहितकाे काेभिड सँक्रमणले रुरु स्वास्थ केन्द्रलाई नया जिम्मेवार थपेकाे छ ।रिडीकाे रातामाटामा स्थापित आइसाेलेसन सेन्टरकाे व्यवस्थापन सँगै अक्सिजन र उपाचारकाे जिम्मेवारी पनि डाक्टर विकास पन्थी माथि छ

आईसाेलेसनमा आउने बिरामीका लागि अक्सिजनकाे जाेहाे गर्न डाक्टर विकास पन्थीकाे कृयाशिलता पनि उदाहरणीय छ ।

मुख्यतया रिडी बजारका सामाजिक अभियन्ता हरुकाे सकृयता र विभिन्न सँघ सँस्था राजनीतिक व्यक्तित्व हरुकाे पहल र सहयाेगले आइसाेलेसन व्यवस्थापन र अक्सिजन आपुर्ति मा धेरै सजिलाे भएकाे डाक्टर पन्थीकाे भनाई छ ।

रुरु स्वास्थ केन्द्रले यतिबेला एक सय सत्तरी प्रकारका औषधि हरु बितरण गर्दै आएकाे छ स्वास्थ विमा कार्यक्रमका कारण पनि बिरामीकाे चाँप बढेकाे पाइन्छ ।

रुरु स्वास्थ केन्द्र बाट अत्याधुनिक सेवाका प्रदान गर्ने लक्ष अनुरुप डिजिटल एक्सरे मशिन र कलर डाेप्लर अल्ट्रासाउन्ड मशिन जडानकाे तयारीमा रहेकाे डाक्टर पन्थीले बताउनु भयाे ।

स्वाच्छ सफा अस्पताल र छरितो स्वास्थ सेवा सँगै गुनासाे रहित व्यवहार आफ्नाे पहिलाे प्राथमिकता रहेकाे युवा डाक्टर पन्थीकाे बनाई छ ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको