नेपालमा कुल ४६ लाख ९२ हजारले लगाए कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आइतबारसम्म ४६ लाख ९२ हजार २६ जनाले काभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाएका छन्।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप लगाएर नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो। हालसम्म १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो डोज खोप लगाएका छन् । जसमध्ये चार लाख ६० हजार ३०८ जनाले मात्रा दोस्रो डोज लगाउन पाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अझै १३ लाख ६८ हजार १७६ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन्।

गोरखापत्र अनलाइनका अनुसार चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप अहिलेसम्म २२ लाख ३५ हजार ८०४ जनाले पहिलो मात्रा लगाएका छन्। जसमध्ये सात लाख २५ हजार ४२५ जनाले दोस्रो मात्रा लगाइसकेका छन्। त्यस्तै जसमध्ये १५ लाख १० हजार ३७९ जनाले दोस्रो डोज खोप लगाएका छैन।

चैत २५ गतेदेखि चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप लगाउन शुरु गरिएको थियो। पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ५६४ जनाले भेरोसेलको पहिलो मात्रा डोज लगाएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ। साथै ३४ सय दुई जनाले दोस्रो डोज मात्रा लगाएका छन्।

यसैगरी कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म छ लाख २७ हजार ७३८ जनाले लगाइसकेका छन् । यही साउन ४ गतेदेखि खोप लगाउन शुरु गरिएको जोन्सन एण्ड जोन्सन खोप आइतबार ४ बजेसम्म छ लाख २७ हजार ७३८ जनाले लगाइसकेको स्वास्थ्य मन्त्रालयलद्वारा जारी तथ्याङ्कमा उल्लेख छ। जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले सात प्रदेशमध्ये छ प्रदेशमा सञ्चालन भइसकेको छ ।

हालसम्म भारत सरकारको अनुदानबाट प्राप्त दश लाख र नेपाली सेनालाई प्राप्त एक लाख, भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख, गाभी कोभ्साक्सबाट प्राप्त तीन लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।

यसैगरी चीनबाट दुई पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा नेपाल सरकारबाट चीनको साइनोफार्म कम्पनीसँग गरिएको खोप खरिदको सम्झौता अनुसार असार २४ गते, साउन ७, ८, १० र १५ गते प्राप्त ४० लाख डोज गरि कुल ५८ दलाख डोज भेरोसेल खोप आपूर्ति भइसकेको स्वास्थ्य मन्त्रनालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिद सम्झौता अगाडि बढेको छ। साथै जापान सरकारले अनुदानमा उपलब्ध गराउने कोभ्साक्स अन्तर्गतको १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्त भित्र कुल एक करोड ८३ लाख ८५० डोज प्राप्त हुने आंकलन स्वास्थ्य मन्त्रालयले गरेको छ।

Related Post
लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

लुम्विनी प्रादेशिक अस्पतालमा मन्त्री शुदर्शन बराल द्वारा ल्याव उद्घाटन

प्रदेश नं ५मा पहिलोपटक यो मेसिन संचालन गरिएको हो ।मेशिनको उद्घाटन अवसरमा मन्त्री बरालले ल्याव संचालनले अस्पतालको सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।परिक्षणको लागि धेरै दिन कुर्नुपर्ने वाध्यताले धेरै सर्बसाधरण हरू हैरान र दिक्क भएको समाचार हरू बाहिर आई रहेका थिए।

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

चिकित्सक माथि दुर्व्यवहार, दोषिलाई कारबाहीको माग

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुव्र्यवहार प्रति ध्यानाकर्षण भएको