गुल्मी वामिको बिकासमा समाजसेवी कृष्ण सापकोटाको योगदान एक चर्चा

  • By : रामकृस्ण कंडेल
  • समाज

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ७ स्थित वामीटक्सार बजार,साविकको बसपार्कमा यतिखेर आकर्षक स्मार्ट पार्क निर्माणको काम अगाडि बढिरहेको छ।उक्त स्थानमा अब छिट्टै नै हनुमानको मूर्ति ल्याइँदैछ।आफ्ना स्वर्गीय बुवा हरिलाल सापकोटा र स्वर्गीय माता बुधकला सापकोटाको स्मृतिमा उहाँका २ छोराहरु कृष्ण सापकोटा तथा सुदिप सापकोटाको आर्थिक लगानीमा हनुमानको मूर्ति राख्न लागिएको हो।आफ्नो स्वर्गीय पिताको कद बराबरको हनुमानको मूर्ति निर्माण गर्नको लागि भारतको अलीगढमा अडर गरिसकिएको जापान बाट कृष्ण सापकोटाले जानकारी दिनुभएको छ। २३५ किलो तौल को उक्त मूर्ति अब छिटै वामिटक्सार ल्याइँदैछ।

" केही वर्ष पहिले आफ्नो पिताजी को दुखद निधन हुनुभन्दा ५ दिनअगाडि एउटा अन्तर्वार्तामा बुवाले हस्पिटलको बेड बाट आफ्नो जन्मस्थान वामीमा हनुमानजीको मूर्ति स्थापना गर्ने रहर व्यक्त गर्नुभएकोले उहाँको इच्छा (स्वर्गीय पिताजीको)रहर लाई पुरा गर्नको लागि हामीले परिवारको तर्फबाट वामीटक्सार को स्मार्ट पार्कमा हनुमानको मूर्ति राख्ने निर्णय गरेका हौं" छोरा कृष्ण सापकोटाको भनाई रहेको छ।हनुमानको आकर्षक मुर्ती राखिसके पछी यस मुर्तिको दर्शन गर्न टाढा टाढा बाट पर्यटकहरु आउने र वामिटक्सारको प्रचार प्रसारमा थप टेवा पुग्ने यहाका बजारबासिहरुको भनाइ रहेको छ।

धार्मिक कार्यक्रम को सन्दर्भमा जापान बाट नेपाल आउनुभएका किसन सापकोटाका भाई सुदिप सापकोटाले जापान फर्किनु अगाडी हनुमानको मूर्ति राखिने स्थान वामीटक्सार बजारस्थित स्मार्ट पार्कमा शिलान्यास कार्यक्रम आयोजना गरिसक्नु भएको छ। उक्त शिलान्यास कार्यक्रम मुसीकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता, वडानम्बर ७ का वडाअध्यक्ष प्रकाश काफ्ले,वडानम्बर ८ का अध्यक्ष नारायण सापकोटा, समाजसेवी राजनीतिक व्यक्तित्वहरू क्रमशः हरिनारायण सापकोटा,विष्णुकुमारी सापकोटा,अग्निधर लोहनी,हरिनारायण सापकोटा,बिश्नु सापकोटा (जापान),चुरामणी सापकोटा,लक्ष्मण फुल्लेल,श्रीकृष्ण सापकोटा,भक्तिराम सापकोटा,नवीन कक्षापति,भोजराज सापकोटा लगायत उहाँका आफन्तहरु तथा परिवारजन हरूको बाक्लो उपस्थिति रहेको थियो।

वामिको बिकासमा किसन सापकोटाको परिवार अग्रस्थानमा

वामी सेवा समिति जापान को अध्यक्ष जस्तो गरिमामय पदमा चयन हुनुभएका समाजसेवी युवा व्यक्तित्व कृष्ण सापकोटा तथा उहाँको परिवार बाट साविक वामी गाविस लगायत नेपालभित्र उहाँहरुले ठूलो धनराशि सामाजिक क्षेत्रमा खर्च गर्नुभएको छ। शिक्षा,स्वास्थ्य,पूर्वाधार निर्माण को क्षेत्र होस् वा दैविक तथा प्राकृतिक प्रकोपमा परेका ब्यक्तिको सेवामा होश सहयोग गर्ने कार्यमा किसन सापकोटाको परिवार अग्रस्थानमा देखिन्छ।

वामी टक्सार बजारमा स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वार निर्माण, मुसिकोट नगरपालिका ८ वामी मैदानमा आकर्षक स्वागतद्वार निर्माण को लागि आर्थिक लगानी किसन सापकोटाकै परिवार बाट भएको हो। रुद्रावती बहुमुखी क्याम्पस संचालनार्थ होस् वा महेन्द्र आदर्श मा बि को हिरक महोत्सव को लागि होस उहाँहरूको परिवारबाट उपलब्ध गराइएको आर्थिक सहयोग रकम अग्रपंक्तिमा रहेको छ ।ऐले सम्म कृष्ण सापकोटाको परिवारले समाजसेवामा करोडौं रकम लगानि गरेको जानकारहरु बताउनुहुन्छ।आफूहरूको भौतिक शरीर जापानमा रहेतापनि सम्पूर्ण मनमस्तिष्क आफ्नो जन्मभूमि वामी र यसको आसपासमै पुग्ने गरेको कृष्ण सापकोटाले हामीसँगको कुराकानीमा बताउनुभयो।

जापानको बिकास,नेपालिहरुको जापानमा रहदाको अवस्था लगाएत बिबिध बिसयमा मैत्रीपुर्ण छलफलको लागि मुसिकोट नगरपालिकाको नेतृत्वलाई जापानमा आमन्त्रण गरि महत्वपूर्ण छलफल कार्यक्रमको आयोजनाको लागि कृष्ण सापकोटाको भुमिका अग्रस्थानमा रहेको थियो।

कसरी चिन्ने हामीहरुले कृष्ण सापकोटा लाई ?

आफ्नो मेहनत, लगन,आत्मविश्वासको बलमा नैआफ्नो परिचय बनाउन सफल ४८ बर्सिय युवा समाजसेवी ब्यक्तित्व को नाम हो कृष्ण सापकोटा। व्यवहार, विचार, प्रेरणा र भावनालाई प्रभाव पार्ने ढाँचाहरूको अद्वितीय संयोजन हो कृष्ण सापकोटा।उहाका बिशेस गुणहरुले समाजका युवा व्यक्तिहरूलाई निरन्तर सोच्न, महसुस गर्न र विशिष्ट तरिकामा व्यवहार गर्न प्रेरित गरेको देखिन्छ।

सोच,अनुभूति,संवेदना र अन्तर्ज्ञानको आधारमा मूल्याकंन गर्दा युवा जगतमा निकै अगाडि देखिनुहुन्छ कृष्ण तथा सुदिप।उहाहरुमा बृहत व्यक्तित्व विशेषताहरू छन। यी दुई सापकोटा बन्धुहरुलाई प्रायः बहिर्मुखी भन्दा पनि फरक नपर्ला।सहमतता, खुलापन, इमान्दारिता कृष्ण सापकोटा का प्रमुख बिशेसताहरु हुन।

"हामीले सुख समृद्धि संकल्प गर्नुका साथै हाम्रो जीवनको महालक्ष्यमा सुख-समृद्धि हुनुपर्छ। यदि हामी भित्र दृढ संकल्प र आत्मविश्वासको अभाव छ भने हामीले कहिल्यै सुख-समृद्धि पाउन सक्दैनौ,हर समय निर्धनता को विचार मनमा राखेर हामी सुखी र समृद्ध हुन सक्दैनौ"कृष्ण सापकोटाको मान्यता रहेको छ।

"यदि हामी मेहनत गर्ने बानी परेका छौं भने हामीलाई कहिल्यै पनि धनको अभाव हुँदैन, हामीले जति आर्जन गर्दछौं त्यसको थोरै भाग बचाइराख्नुपर्छ र त्यो संकलित रकम लाई समाजसेवामा खर्च गर्नु पर्दछ" युवा समाजसेवी कृष्ण सापकोटाले हामी सँगको कुराकानीमा बताउनुभयो।

हामीले हाल जापानमा रहनुभएका सापकोटाका विविध पक्षमा उहाँको विचारलाई बाहिर ल्याउने प्रयास गरेका छौ र उहाँलाई तपाईंले प्राप्त गरेको सफलता बाट अन्य युवाहरु लाई कस्तो सुझाव दिनुहुन्छ भनेर आग्रह गरेका थियौं। सापकोटाको जवाफ थियो "आफ्नो विचारलाई बदल्नुहोस्।उठ्ने,बस्ने,खाने, पिउने रहनसहनको ढङ्ग बदल्नुस्।गरिबीमा बस्न नमान्नुस। आफ्नो दसा बदलेर आफ्नो भाग्य बनाउनेतिर केन्द्रित गर्नुस। के गर्नुपर्नेछ यसको योजना बनाउनुस।आफ्नो पुरै शक्तिले त्यो काम सफल गर्नमा लगाउनुस् तब संसारको कुनै शक्तिले तपाईंलाई,तपाईंको सफलता र रहर लाई कमजोर बनाउन सक्दैन"

"दुनिया तपाइको आफ्नो अनुकूल बनाउनु तपाईकै काम हो" सापकोटाले हामीसँगको कुराकानीमा बताउनुभयो। प्रकृतिको भण्डारमा कुनै बस्तुको कमी छैन। समृद्धि कुनै एउटा मानिसको पेवा होइन त् होइन त्यसमाथि कसैको एकाधिकार छैन। यो समस्त धन समृद्ध प्राप्त गर्नको लागि हामीमा युवा शक्ति छ यो सबैले बुझ्न जरुरी रहेको सापकोटाको भनाइ छ। कुनै मानिस लाई सानो ठान्नु हुदैन,उनीहरूको आफ्नै महत्व हुन्छ, हामी प्राय आफूभन्दा सानालाई कमजोर ठानी अबहेलना गर्छौं।अपमान गर्छौं।

यदाकदा हामीले त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्छ।सम्मानको मतलब यो होइन कि उनीहरुलाई टाउकोमा टेकाउनु भन्नुहुन्छ युवा समाजसेवी कृष्ण सापकोटा। "भाग्य कुनै देवीदेवता द्वारा लेखिँदैन बरु त्यसको निर्माण हामी आफैले गर्नुपर्छ।बिना परिश्रम आज केही पनि पाउन सम्भव छैन।यदि आफ्नो भविष्य उज्ज्वल बनाउनु छ भने हामीले हाम्रो शक्ति चिने र त्यसबाट फाइदा लिने प्रयास गर्नुपर्छ" सापकोटाको कथन छ। तपाईले कछुवा र खरायोको कथा त अवश्य सुन्नुभएको होला। उभिएर हिँड्ने खरायो बिस्तारै हिड्ने कछुवा सँग हार्यो छिटो दौडने खरायो लामो लामो छलाङ लगाउने गर्थ्यो। कछुवा दुरी पार गर्दै निरन्तर नथाकिकन यात्रामा हिडिरह्यो। तर स्वास्थ्यको विश्वासमा खरायो सुत्यो त्यसैले ऊ आलस्य बस्ती रह्यो जबकि निरन्तर विस्तारै हिड्ने कछुवा ऊभन्दा पहिला पुग्यो। अल्छि र घमण्डले सदैव हार हुने गर्छ यो दृष्टान्त बाट युवा समाजसेवी सापकोटाले आफुले राम्रो शिक्षा लिएको बताउनुहुन्छ।

कृष्ण सापकोटा भन्नुहुन्छ "चाए सानो काम किन न गरौँ तर निरन्तर गरिरहनुपर्छ निरन्तर अगाडि बढ्ने मानिसले आफ्नो लक्ष्य पाउँछ म यो उदाहरणबाट निकै प्रभावित छु र मेरो जीवन लाई त्यसै अनुसार अगाडि बढाउने प्रयत्न गरिरहेको छु"सापकोटाले युनिक सम्बादको क्रममा आफ्नो भनाइ ब्यक्त गर्नुभयो।

कृष्ण सापकोटा ले शुरु गरेको सामाजिक सद्भाव,सेवामुलक कार्यको अग्रसरता ले सधै सफलता पाउन सकोस,हाम्रो शुभकामना!

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।